ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

के म्यान्मारको सेना सजायको भागिदार हुनेछ ?


bhawani desk

 एजेन्सी,१३ भाद्र । संयुक्त राष्ट्रसंघीय समितिले म्यान्मारको सैनिक नेतृत्वलाई रोहिङग्या जातीविरुद्ध भएको भनिएको अपराधमा न्यायालयको सामना गर्नुपर्ने बताएको छ । यहाँको सेना कारबाहीको भोगी होला भन्ने बिषय लामो र जटील छ । आफ्नो सहयोगीविरुद्ध ल्याइने कुनै पनि कारबाहीको मागलाई अन्तरराष्ट्रिय फौजदारी अदालतमा लान चीनले अवरोध सिर्जना गर्न सक्छ ।

राष्ट्रसंघीय तथ्य–अन्वेषण टोलीले सोमबार प्रस्तुत गरेको प्रतिवेदनमा म्यान्मारका सैनिक प्रमुख मिन अङ लाइङसहित अन्य सदस्यले जातीय नरसंहारमा सम्लग्न भएको भन्दै उनीहरू सजायको भागीदार हुनुपर्ने दावी गरिएकोे छ । उनीहरूविरुद्ध दर्जनौँ रोहिङग्या मुसलमानको हत्या गरेको र करिब सात लाख नागरिकलाई विस्तापित हुन बाध्य पारेको आरोप छ । विस्थापित अधिकांश शरणार्थीको रूपमा बङ्गलादेश लागयतका एशियाली मुलुकमा बस्न बाध्य छन् ।

मार्च २०१७ मा राष्ट्रसंघीय मानवअधिकार परिषद्ले गठन गरेको राष्ट्रसंघीय मिसनले प्रतिवेदनमा भनेको छ, “म्यान्मार सेनाको कमान्डका उच्च सैनिक अधिकारीमाथिको अनुसन्धान र अभियोजन लगाउन पर्याप्त सूचना हामीले पाएका छौं । रखाइन राज्यमा भएका सैनिकका अपराधहरु जातीय नरसंहारको प्रकृति, गम्भीरता र क्षेत्रलाई आकर्षित गर्ने किसिमका छन् र तिनी तथ्यपूर्ण छन् ।”

म्यान्मारमा शरणार्थीमाथि सुरक्षाकर्मीले पटकपटक बलात्कार, हत्या र आगजनीजस्ता जघन्य अपराघ गरेको आरोप लगाइने गरेका छन् । घरबाट निकालिएका निहत्था नागरिकमाथि भएका हिंसात्मक आक्रमणको विश्वभर निन्दा भएको छ ।

राष्ट्रसंघीय प्रतिवेदनलाई म्यानमार सङ्कटबारे अहिलेसम्मकै सबैभन्दा गम्भीर तथा जिम्मेवारीपूर्ण कदमका रूपमा लिइएको छ यद्यपि विज्ञले प्रतिवेदनलाई अघि बढाउँदा कानूनी तथा कूटनीतिक अवरोध आउनसक्ने चेतावनी दिएका छन् ।

रोहिङग््याका लागि छिटो र न्यायपूर्ण बाटो

द हेगस्थित अन्तरराष्ट्रिय फौजदारी अदालत (आइसीसी) शुरुवातको प्रक्रिया हुनसक्छ । यसलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद््ले म्यानमारलाई उक्त अदालतसमक्ष पठाउनुपर्छ ।

तर भूराजनीतिले उक्त मुद्दालाई चीन र रूसलाई जोड्ने अवस्था रहन्छ । सैनिक जनरल लाइङलाई केही दिन पहिले आतिथ्यता दिएको मुलुकले राष्ट्रसङ्घको सुरक्षा परिषद््मा विशेष शक्तिको प्रयोग गर्न सक्नेछ ।

चीनले निरन्तर रोहिङग््या समस्या म्यान्मारको आन्तरिक समस्या भएको भन्दै राष्ट्रसङ्घमा हुने आलोचनालाई पन्छ्याउने गरेको छ ।

रखाइन राज्यको धेरै जटील ऐतिहासिक, जातीय तथा धार्मिक पृष्ठभूमि रहेको चीनका विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले मङ्गलबार सञ्चारकर्मीसँगको नियमित भेटघाटमा बताउनुभएको छ ।

त्यसो भए समस्याको समाधान वार्ता तथा सम्झौता कसरी निकाल्ने भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, मलाई लाग्छ कसैमाथि दोष अथवा दवावले कुनै पनि कुराको समाधान निकाल्दैन । न्यूयोर्कस्थित सुरक्षा परिषद््मा म्यानमारबारे अगस्ट २८ मा छलफल भएको छ ।

दोस्रो योजना के हुन सक्छ

यदि आइसीसीको कानूनी कदमबारे सुरक्षा परिषद््मा छलफल जारी छ भने यसलाई रुवाण्डा, युगोस्लाभिया, लेबनान र कम्बोडियाका लागि गरेजस्तै अनौपचारिक वा मिश्रित न्यायाधिकरणमार्फत अघि बढाउन सकिन्छ ।

यसका लागि सैद्धान्तिकरूपमा म्यान्मारका राष्ट्रिय उच्चाधिकारीसँग समन्वयको आवश्यकता पर्दछ ।

अर्को सम्भावना भनेको आइसीसीका प्रमुख अभियोक्ता फताओ बेन्सोउडाले आइसीसीको क्षेत्राधिकारलाई म्यानमारमा विस्तार गर्ने देखिन्छ । म्यानमार अहिलेसम्म उक्त न्यायालयसँग जोडिएको छैन ।

आइसीसीको सदस्य राष्ट्र बङ्गलादेशमा म्यान्मारको जातीय हिंसाको प्रभाव परेकोले यसको अधिकार क्षेत्र नभएपनि आइसीसीको क्षेत्राधिकारलाई म्यान्मारमा जोड्नसक्ने आइसीसीका न्यायाधीश किङ्सले अवोटको धारणा छ ।

यदि अदालत सहमत भएमा अभियोक्ताले प्रारम्भिक अनुसन्धानलाई शुरु गर्न सक्छन् र अन्ततः म्यानमारको नागरिकलाई पक्राउ पूर्जी दिन सक्छ ।

तर यसले समय लिनसक्छ । अनुसन्धानमा बङ्गलादेशले सहभागिता जनाउनु र म्यान्मारले शङ्ककास्पद व्यक्तिलाई हस्तान्तरण गर्नु जरुरी हुनेछ ।

कसलाई सजाय दिन सकिन्छ

अदालतले राष्ट्रलाई लक्षित गर्ने होइन त्यसका नागरिकमाथि लक्षित गरी अनुसन्धान अघि बढाउन सक्छ । सोमबार राष्ट्रसङ्घको छानविनले सैनिक प्रमुख जनरल मिन अङ्ग लाइङसहित छ जना सैनिक अधिकारीको नाम सार्वजनिक गरेको छ ।

अनुसन्धानकर्ताले भनेका छन्, “लाइङसहित छ जना सैनिक अधिकारीको रखाइन राज्यमा रोहिङग््या जातीय दङ्गा सफाया अभियानमा सहभागी भै कमाण्ड सम्हालेका कारण उनीहरूमाथि छानविन जरुरी छ ।”

तर आसीसीले विदेशबाट शङ्कास्पद व्यक्तिलाई सम्बन्धित देशको अनुमति विना अदालतमा अनुसन्धानकै लागि पनि खडा गर्न सक्दैन । आइसीसीको सदस्य राष्ट्रले भ्रमणका समय उनीहरूलाई पक्राउ गर्न सक्छ र अनुसन्धानका लागि आइसीसीमा बुझाउन सक्छ ।

तर यो पद्धति विगतमा विवादास्पद बनेको थियो । सन् २०१७ को डिसेम्बरमा युद्ध अपराधसम्बन्धी न्यायाधीशले द हेगको पक्राउपूर्जीको आदेशअनुसार सुडानी नेता ओमार अल–बासिरलाई पक्राउ गरी द हेगमा नबुझाएका कारण जोर्डनको आलोचना भएको थियो ।

सुकीले अनुसन्धानको सामना गर्नुपर्छ

म्यानमारकी प्रजातन्त्रवादी नेतृ यस मुद्दामा अनुसन्धानको घेरामा ल्याइने सम्भावना निकै कम हुनेछ । अहिले अनुसन्धानका लागि लक्षित रहेका व्यक्तिमा सु कीको नाम छैन । तर सुरक्षाकर्मीको उच्च तहका अधिकारीलाई भने छानविनका लागि राष्ट्रसंघीय अनुसन्धान समितिले आवश्यक ठानेको छ ।

तर समितिले सुकीलाई रोहिङग््या हिंसा समाधानका लागि आफ्नो नैतिक अधिकारको प्रयोग नगरेकोमा छानविनको दायरामा ल्याउनसक्छ ।

छानविनले सुकीको प्रशासनले कुनै गलतकार्य नभएको भनी घटनालाई लुकाउन खोजेको, राष्ट्रसंघीय अनुसन्धानमा अवरोध पु¥याएको र रोहिङग््याबारे गलत विवरण फैलाएको भनी आरोप लगाएको छ ।

लामो समयदेखि जातीय सफाया गरेको भन्ने आरोपको म्यान्मारले लामो समयदेखि अस्वीकार गर्दै आएको छ ।

म्यानमारले आइसीसीको अभियोक्ताको अनुसन्धानका लागि भएको अनुरोधमा भने आलोचित हुनबाट आफूलाई बचाएको छ ।

अगस्टमा सरकारले अनुसन्धानलाई ‘आधारहीन’ भनी यसलाई खारेज गर्नुपर्ने बताएको थियो । म्यानमार सरकारले रोहिङग््याबारे अनुसन्धानका लागि आफ्नै स्वतन्त्र आयोग गठनगरेको जनाएको छ ।

घरविहीन रोहिङग््या शरणार्थीमाथि म्यान्मारभित्र निकै कम सहानुभूति राखिने गर्छ र यसकै कारण म्यानमारका सैनिक प्रमुख मिन अङ लाइङले रोहिङग््या इतर स्थानीय बहुसङ्ख्यक सर्बसाधारणबाट समर्थन लिन सफल छन् । केहीले त रोहिङग््या विरुद्धको कारबाही विद्रोही लडाकूसँगको राज्यको प्रतिकारका रूपमा पनि प्रस्तुत गर्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

सम्बन्धित

ट्रम्पलाई साउदी अरेबियामा भव्य स्वागत, खाडीका ३ देशबाट औपचारिक भ्रमण शुरू

अमेरिकी राष्ट्रपति ट्रम्प मध्यपूर्व भ्रमणका लागि आज साउदी जाँदै

१९ महिनापछि हमासबाट मुक्त अलेक्ज्यान्डरको पारिवारिक पुनर्मिलन

म्यानमारमा ‘जुन्टा’ को हवाई आक्रमण : बालबालिका र शिक्षकसहित २२ जनाको ज्यान गयो

भारत–पाक स्न्याप युद्ध र संघर्षविराम पछि पहिलो सम्वोधनः के के भने ?

भारत र पाकिस्तानबीच अचानक युद्धविरामको रहस्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com