ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्काल युद्धविराम गर्न लिबियालाई संयुक्त राष्ट्रसंघको आग्रह


एबीसी न्यूज

ट्रिपोली, १२ भाद्र । लिबियाको राजधानी ट्रिपोलीमा तत्काल युद्धबिराम गर्नको लागि संयुक्त राष्ट्रसङ्घीय मिसन (युएनएसएमआइएल) ले सोमबार आग्रह गरेको छ ।

गत आइतबारबाट सरकारी सेना र आतङ्ककारीबीच जारी झडपपछि युएनएसएमआइएलले सो आग्रह गरेको हो । युएनएसएमआइएलले ट्रिपोलीमा भएको यस झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई यसप्रकारको आतङ्ककारी गतिबिधि तत्काल रोक्न आग्रह गरिएको एक विज्ञप्तिमार्फत बताइएको छ ।

आवासीय इलाकामा गरिएको जथाभावी गोली र बमवारीजस्ता निर्दयी कार्यप्रति युएनएसएमआइएलले चिन्ता व्यक्त गरेको छ । निर्दोष सर्वसाधारण नागरिकको ज्यान खतरामा परिरहेकोले यस्तो अवस्थालाई रक्षा गर्नु सवै पार्टीको दायित्व भएको पनि युएनएसएमआइएलले बतएको छ ।

अन्तर्राष्ट्रिय मानवीय र मानवअधिकार कानूनअनुसार पनि सर्वसधारणको रक्षा गर्नु सवै पक्षको दायित्व भएको सो विज्ञप्तिमा जनाइएको छ ।

जारी यस झडपको कारण हालसम्म पनि अज्ञात नै रहेको बताइएको छ । दक्षिणी ट्रिपोली शहरको बाहिरी र भित्री इलाकामा विगत केही दिनयता सशस्त्र समूहहरुको तनाबका कारण सेना तैनाथ गरिएको छ ।

सन् २०११ मा लिबियाको तत्कालीन नेता मुअमार गद्दाफिको शासनको अन्त्यपछि लिबियामा हिंसा र उथलपुथललगायत राजनीतिक विभाजनको अवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

सम्बन्धित

ट्रम्पलाई साउदी अरेबियामा भव्य स्वागत, खाडीका ३ देशबाट औपचारिक भ्रमण शुरू

अमेरिकी राष्ट्रपति ट्रम्प मध्यपूर्व भ्रमणका लागि आज साउदी जाँदै

१९ महिनापछि हमासबाट मुक्त अलेक्ज्यान्डरको पारिवारिक पुनर्मिलन

म्यानमारमा ‘जुन्टा’ को हवाई आक्रमण : बालबालिका र शिक्षकसहित २२ जनाको ज्यान गयो

भारत–पाक स्न्याप युद्ध र संघर्षविराम पछि पहिलो सम्वोधनः के के भने ?

भारत र पाकिस्तानबीच अचानक युद्धविरामको रहस्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com