ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जापानका प्रधानमन्त्री आबे सत्तारुढ पार्टी नेतृत्वमा पुनः उम्मेदवार


bhawani desk

एजेन्सी,१० भाद्र । जापानका प्रधानमन्त्री सिन्जो आबेले सत्तारुढ पार्टीको नेतृत्वको चुनावमा पुनः उम्मेदवार हुने आइतबार घोषणा गर्नुभएको छ । पार्टी नेतृत्वमा विजयी भएमा उहाँ जापानको इतिहासमा सबैभन्दा लामो अवधिसम्म प्रधानमन्त्रीको पदमा रहनुहुनेछ ।

आबेले लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) को प्रमुखमा सहजै पुनः विजयी हुने अपेक्षा गरिएको छ किनभने उहाँको समर्थनमा ठूलो संख्यामा सांसदहरु हुनुहुन्छ र उहाँलाई एकजना पूर्व रक्षामन्त्री शिगेरु इशिबाले मात्र चुनौती दिनुभएको छ ।

“मैले आगामी तीन वर्षका लागि एलडीपीको नेतृत्व गर्ने र प्रधानमन्त्री हुने निर्णय गरेको छु, र अर्को महिना हुने नेतृत्वको चुनावमा उठ्ने अठोट गरेको छु,” आबेले टेलिभिजनमा समेत प्रत्यक्ष प्रसारण गरिएको पत्रकार सम्मेलनमा बताउनुभयो ।

सेप्टेम्बर २० को पार्टी चुनावमा विजयी भएमा आबे अर्को तीन वर्षसम्म प्रधानमन्त्रीमा रहनु हुनेछ । उहाँको विपक्षमा कुनै विपक्षी राजनीतिक दल पनि विरोधमा उभिएका छैनन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्री आबेले जापानमा बढ्दै गएको बुढ्यौली जनसंख्याका बारेमा नीतिगत सुधार तथा बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिका बारेमा केन्द्रित हुने बताउनुभयो ।

पार्टी प्रमुखमा उम्मेदवारी दिएका इशिबाले पनि जनसांख्यिक सरोकार र उत्तर कोरियाको आणविक कार्यक्रमबाट उत्पन्न क्षेत्रीय सुरक्षा खतराका विषयमा ध्यान दिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

जर्मन राष्ट्रपतिद्वारा नेपालमा कार्यरत सामजिक संस्थाका सञ्चालकलाई सर्वोच्च सम्मान

सन् २०२४ मा बेलायतको कुल आप्रवासन सङ्ख्या आधा घट्यो

ट्रम्प प्रशासनले रोक्यो हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना

बंगलादेशको अन्तरिम सरकार प्रमुखबाट राजीनामा दिने मुडमा मोहम्मद युनुस

अमेरिकामा आवासीय क्षेत्रमा विमान दुर्घटना

हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा ट्रम्पले लगाए रोक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com