ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा भूकम्प : दुईको मृत्यु, दुई सय भन्दा बढी घाइते


bhawani desk

एजेन्सी,१० भाद्र । इरान–इराक सीमानजिक आइतबार बिहानै गएको ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।

अमेरिकी भूगर्भीय सर्भेका अनुसार, भूकम्पको केन्द्र इरानको कर्मान्शाह प्रान्तको जभानरुड सहरबाट २६ किलोमिटर पश्चिततर्फ थियो । गत वर्ष यही स्थानमा गएको शक्तिशाली भूकम्पबाट सयौंको ज्यान गएको थियो ।

कर्मान्शाह विश्वविद्यालय शिक्षण अस्पतालको आपतकालीन विभागका प्रमुख साइब शारिदारीले दुई जनाको मृत्यु भएको र २४१ जना घाइते भएको जानकारी दिनुभयो । घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक छ ।

रेड क्रिसेन्टका प्रान्तीय प्रमुख मोहम्मद रेजा अमिरियानले भूकम्पका कम्तीमा २१ वटा परकम्प महसुस गरिएको जानकारी दिनुभयो ।

उहाँले गाउँमा पूर्वाधारमा व्यापक क्षति पुगेकाले खानेपानीको गम्भीर समस्या देखिएको, तर खाद्यान्न र टेन्टहरु भने वितरण गर्नुपर्ने अवस्था नरहेको जानकारी दिनुभयो ।

कर्मान्शाहका गभर्नर हाउशाङ बाजभान्डले भूकम्प गएपछि धेरै गाउँमा अस्थायी रुपमा विद्युतसेवा कटौती गर्नुपरेको जानकारी दिनुभयो । उहाँले आपतकालीन केन्द्रहरु खोलिएको, र अस्पताल तथा राहत संस्थाहरुलाई सावधानी अपनाउन भनिएको बताउनुभयो ।

गत वर्ष नोभेम्बरमा यही क्षेत्रमा ७.३ म्याग्नीच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परेर कर्मान्शाह प्रान्तमा मात्र ६२० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमै बिजुली गएपछि

गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेको छ : अध्यक्ष प्रचण्ड (भिडियोसहित)

सम्बन्धित

इजरायलको आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने राजदूत बासको प्रतिबद्धता

साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल शुरू

अमेरिकाका विदेशमन्त्री भन्छन्: ट्रम्प र पुटिनबीच नै प्रत्यक्ष वार्ता हुनपर्छ

भारतमा आइफोन उत्पादन नगर्न एप्पललाई ट्रम्पको आग्रह

जम्मु-कश्मीर पुगेर भारतका रक्षामन्त्रीले पाकिस्तानलाई भने: ‘दुष्ट राष्ट्र’

गाजामा रातभर भएको इजरायली हवाई आक्रमणमा कम्तीमा ५४ जनाको ज्यान गयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com