ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति ट्रम्पका दुई सहयोगी दोषी ठहर


एबीसी न्यूज

न्यूयोर्क, ७ भाद्र । अमेरिकी अदालतले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि सन् २०१६ को चुनावी अभियानमा वित्तीय नियमको उल्लङ्घन गरेको आरोप लगाएको छ भने उहाँका दुईजना नजिकका सहियोगीमाथि जेल सजाय तोकेको छ । राष्ट्रपति ट्रम्पकै आदेशमा चुनावी रकम गैरकानुनी भुक्तानी भएको उहाँका पूर्व सहयोगी माइकल कोहेनले अदालतसमक्ष बयान दिएका छन् ।

अमेरिकाकै दुई सहरमा सन् २०१६ को चुनावताका भएका रकम दुरुपयोगका विषयमा अदालतले सुनुवाई गरिरहेका छन् । ट्रम्पका लामो समयदेखिका कानुन व्यवसायी माइकल कोहेनले चुनावी प्रचारको रकमको दुरुपयोग भएको स्वीकारेका कारण न्यूयोर्कको अदालतले उनीमाथि आठवटा मुद्दामा दोषी ठहर गरेको छ ।

कोहेनले पोर्नस्टार स्टोर्मी ड्यानियल्स र प्लेब्वाय मोडेल कारेन म्याकडगललाई कानुन विपरीत चुनावी प्रचारको रकम भुक्तान गरेको अदालत समक्ष जानकारी गराएका छन् । भुक्तानी गरिएका दुवैसँग ट्रम्पको नाजायज सम्बन्ध रहेको बताइन्छ ।

विगतदेखि नै चर्चामा रहेको यो मुद्दाको राजनीतिक र कानुनी महत्व रहिआएको छ । यस खुलासाले ट्रम्पमाथि चर्को दबाब सिर्जना हुने अड्कलबाजी गरिएको छ ।

कोहेनले राष्ट्रपति ट्रम्पमाथि नै औंला ठड्याएका छन् । राष्ट्रपति ट्रम्पकै आदेश र संयोजनमा आफूले रकम भुक्तानी गरेको कोहेनको भनाई छ । “यो रकम भुक्तानी गर्दा चुनावलाई प्रभावित पार्ने नै उद्देश्य थियो,” न्यायाधीश समक्ष कोहेनले भने । खचाखच भरिएको अदालतको इजलासमा बयान दिँदा कोहेन थरथर काँपेका थिए ।
यो स्वीकारोक्तीले राष्ट्रपति ट्रम्पमाथि कानुनी जोखिम उत्पन्न गराएको छ ।

ट्रम्पका कानुनी सल्लाहकार रुडी जिउलियानीले अमेरिकी सञ्चार माध्यममा पठाएको वक्तव्यमा भन्नुभएको छ, “राष्ट्रपतिका विरुद्धमा कोहेनले कुनै गलत आरोप लगाएका छैनन् ।”

कोहेनको नाटकीय बयान सार्वजनिक भइरहेको अवस्थामा भर्जिनियाको जुरीले राष्ट्रपति ट्रम्पका चुनावी अभियानका अध्यक्ष पल म्यानाफोर्ट दोषी रहेको ठहर गर्दै आठवटा मुद्दामा सजाय गर्ने आदेश दिएको छ । उनीमाथि बैंक धोखाधडी, कर छली गरेको र विदेशी बैंक खातासम्बन्धी स्वघोषणा नगरेको लगायतका आरोप लागेको छ ।

यी समाचार प्रसार हुनासाथ ट्रम्पले खेद व्यक्त गर्दै म्यानाफोर्ट “असल मानिस” रहेको प्रतिक्रिया दिएका छन् ।

“मलाई अति दुःख लागेको छ,” ट्रम्पले पश्चिम भर्जिनियामा आयोजित मध्यावधि चुनावी सभाकै क्रममा संवाददाताहरुलाई भन्नुभयो । “जे भएको छ त्यो ज्यादै दुःखद छ, र चुनावका समयमा रुससँग कुनै साँठगाँठ थिएन ।” तर पछिल्लो समय ट्रम्पले म्यानाफोर्टसँग आफूलाई टाढा राख्न थालिसक्नु भएको छ ।

अमेरिकी कानुनी परम्परामा राष्ट्रपतिमाथि अदालतमा मुद्दा लाग्दैन, तर अभियोगहरु यदि प्रमाणित भएमा संसदमा महाभियोग लाग्न सक्दछ । आगामी नोभेम्बरमा हुने कङ्ग्रेसको मध्यावधि चुनावमा यो मुद्दा पेचिलो बन्नेछ ।

“मध्यावधि चुनावमा महाभियोगको विषयले प्रमुखता अवश्य पाउनेछ,” रिपब्लीकन रणनीतिकार तथा ट्रम्पका आलोचक रोब स्टजम्यानले भन्नुभयो । “डेमोक्रेटहरुले त यो विषय अवश्य जनतासमक्ष जोडतोडले राख्नेछन् ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

सम्बन्धित

ट्रम्पलाई साउदी अरेबियामा भव्य स्वागत, खाडीका ३ देशबाट औपचारिक भ्रमण शुरू

अमेरिकी राष्ट्रपति ट्रम्प मध्यपूर्व भ्रमणका लागि आज साउदी जाँदै

१९ महिनापछि हमासबाट मुक्त अलेक्ज्यान्डरको पारिवारिक पुनर्मिलन

म्यानमारमा ‘जुन्टा’ को हवाई आक्रमण : बालबालिका र शिक्षकसहित २२ जनाको ज्यान गयो

भारत–पाक स्न्याप युद्ध र संघर्षविराम पछि पहिलो सम्वोधनः के के भने ?

भारत र पाकिस्तानबीच अचानक युद्धविरामको रहस्य

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com