ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्छौं :अध्यक्ष प्रचण्ड


admin

लहान, १३ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभएको छ ।

विराटनगरबाट सर्लाहीतर्फ जाने क्रममा आज बिहान सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उहाँले अन्य प्रदेशमा आफ्नो पार्टी तेसं्रो स्थानमा खुम्चिए पनि दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पहिलो बन्ने दाबी गर्नुभएको हो ।

अध्यक्ष दाहालले “अहिले हामी सम्पूर्ण ध्यान असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा केन्द्रीत गरेका छौ र यहाँका जनताले पनि असाध्यै माया गर्ने भएकाले यो प्रदेशमा हामी पहिलो पार्टी बन्ने छौं भन्नुभयो ।”

हामीले प्रदेश नम्बर २ मा १ नम्बर पार्टी बन्न बल गर्दैछौं, उहाँले भन्नुभयो– “तपाईहरुले पनि बल गर्नुभयो भन्ने हामीलाई १ नम्बर बन्नबाट कसैले रोक्न सक्दैन् ।”

अध्यक्ष दाहालले माओवादी केन्द्रका कारण देशको एकता र समृद्धि सम्भव भएको उल्लेख गर्दै माओवादीले विगार्न र भत्काउन मात्र सिपालु छ भन्नेलाई आफ्नो नेतृत्वको अघिल्लो सरकारले १० महिनामा त्यो भ्रमलाई पूरै गलत सावित गर्न सफल भएको बताउनुभयो ।

मधेसमा माओवादी केन्द्रप्रति लहर आएको बताउँदै उहाँले देशलाई एकताबद्ध गर्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने कुरा स्थापित भएको बिचार व्यक्त गर्नुभयो ।

सो अवसरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र रामहादुर थापा लगायतको पनि सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com