ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तान बम विस्फोटमा ४८ जनाको मृत्यु


एबीसी न्यूज
भाद्र १, २०७५ शुक्रबार   ९ : १३   बजे


काठमाडौं, १ भाद्र ।अफगानिस्तानको राजधानी काबुलमा एउटा शैक्षिक केन्द्रमा भएको बम विस्फोटनमा कम्तीमा ४८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रीले बताएका छन्। सो घटनामा अरू ६७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार सो केन्द्रमा पढाइ हुँदै गर्दा छिरेका एक आत्मघाती आक्रमणकारीले आफ्नो पेटीमा भएको बम पड्काएका थिए। मारिएका अधिकांश व्यक्तिहरू सो केन्द्रमा विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी गर्न गएका किशोरहरू भएको भन्ठानिएको छ।तालिबानले सो घटनामा आफ्नो संलग्नता नभएको जनाएको छ।

सो आक्रमण शियाहरूको बाहुल्य भएको क्षेत्रनजिकै भएको हो। अफगानिस्तानमा इस्लामिक स्टेट समूहले शिया समुदायलाई तारो बनाउँदै आएको छ।

‘पैदल आएका आत्मघाती बम आक्रमणकारीले सो आक्रमण गरेको हामी पुष्टि गर्छौँ,’ प्रहरी प्रवक्ता हश्मत स्तानिक्जाईले समाचार संस्था एएफपीलाई बताए।

बाग्लानमा प्रहरी र सैनिक मारिए

स्थानीय अधिकारीहरूका अनुसार उत्तरी प्रान्त बाग्लानमा बुधवार बिहान भएको आक्रमणमा नौ प्रहरी र ३५ सैनिकहरू मारिएका छन्। सो आक्रमण एउटा सैन्य चौकीमा भएको थियो।

अफगानिस्तानमा लडाकुहरूले हिंसा मच्चाएका छन्। रणनीतिक महत्त्वको सहर गज्नीमा तालिबानले गत शुक्रवार आक्रमण गरेपछि त्यहाँ मानवीय सङ्कट उत्पन्न भएको बताइएको छ।

गज्नीमा भएको लडाइँमा सरकारी सुरक्षाफौजतर्फ एक सय जनाको मृत्यु भइसकेको छ। केही अपुष्ट विविरणहरूका अनुसार दर्जनौँ गैरसैनिकहरू पनि मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group