ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफगानिस्तान बम विस्फोटमा ४८ जनाको मृत्यु


एबीसी न्यूज


काठमाडौं, १ भाद्र ।अफगानिस्तानको राजधानी काबुलमा एउटा शैक्षिक केन्द्रमा भएको बम विस्फोटनमा कम्तीमा ४८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रीले बताएका छन्। सो घटनामा अरू ६७ जना घाइते भएका छन्।

प्रहरीका अनुसार सो केन्द्रमा पढाइ हुँदै गर्दा छिरेका एक आत्मघाती आक्रमणकारीले आफ्नो पेटीमा भएको बम पड्काएका थिए। मारिएका अधिकांश व्यक्तिहरू सो केन्द्रमा विश्वविद्यालयको प्रवेश परीक्षाको तयारी गर्न गएका किशोरहरू भएको भन्ठानिएको छ।तालिबानले सो घटनामा आफ्नो संलग्नता नभएको जनाएको छ।

सो आक्रमण शियाहरूको बाहुल्य भएको क्षेत्रनजिकै भएको हो। अफगानिस्तानमा इस्लामिक स्टेट समूहले शिया समुदायलाई तारो बनाउँदै आएको छ।

‘पैदल आएका आत्मघाती बम आक्रमणकारीले सो आक्रमण गरेको हामी पुष्टि गर्छौँ,’ प्रहरी प्रवक्ता हश्मत स्तानिक्जाईले समाचार संस्था एएफपीलाई बताए।

बाग्लानमा प्रहरी र सैनिक मारिए

स्थानीय अधिकारीहरूका अनुसार उत्तरी प्रान्त बाग्लानमा बुधवार बिहान भएको आक्रमणमा नौ प्रहरी र ३५ सैनिकहरू मारिएका छन्। सो आक्रमण एउटा सैन्य चौकीमा भएको थियो।

अफगानिस्तानमा लडाकुहरूले हिंसा मच्चाएका छन्। रणनीतिक महत्त्वको सहर गज्नीमा तालिबानले गत शुक्रवार आक्रमण गरेपछि त्यहाँ मानवीय सङ्कट उत्पन्न भएको बताइएको छ।

गज्नीमा भएको लडाइँमा सरकारी सुरक्षाफौजतर्फ एक सय जनाको मृत्यु भइसकेको छ। केही अपुष्ट विविरणहरूका अनुसार दर्जनौँ गैरसैनिकहरू पनि मारिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

युक्रेन र रुसबीच टर्कीमा वार्ता सम्पन्न, युद्धबन्दी रिहा गर्ने सहमति

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

इजरायलको आतङ्कवादी आक्रमणमा परेका नेपालीका परिवारलाई सधैँ सहयोग गर्ने राजदूत बासको प्रतिबद्धता

साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल शुरू

अमेरिकाका विदेशमन्त्री भन्छन्: ट्रम्प र पुटिनबीच नै प्रत्यक्ष वार्ता हुनपर्छ

भारतमा आइफोन उत्पादन नगर्न एप्पललाई ट्रम्पको आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com