ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कारीलाई कारवाही माग


एबीसी न्यूज
श्रावण २९, २०७५ मंगलबार  ५ : २९ बजे

काठमाडौँ, २९ साउन । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पछिल्लो समय देशभर बलात्कारका घटना बढ्दै गएको र दोषीमाथि कारवाही नभएकोमा चिन्ता व्यक्त गर्दै उहाँहरुले विद्यमान कानूनले मात्रै बलात्कारीलाई कारवाही हुन नसकेकाले थप कडा कानून ल्याउन आग्रह गर्नुभएको हो ।

सांसद अनिता देवकोटाले देशको शान्ति सुरक्षामा व्यवधान खडा भएको, बलात्कारजन्य घटना बढ्दो क्रममा रहेको भन्दै महिलाको बाँच्न पाउने अधिकारको हक सुरक्षित गरी त्यस्ता मुद्दाको छिटो निरोपण हुनेगरी टुङ्ग्याउ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद बलरामप्रसाद बाँस्कोटाले कञ्चनपुरलगायत स्थानमा भएका बलात्कारका घटनामा दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

सांसद सिंहबहादुर विश्वकर्माले पछिल्लो समयमा प्रदर्शन भएको एक चलचित्रमा वादी समुदायको इज्जत र प्रतिष्ठामा आँच आउने विषयवस्तु उठान गरिएकाले त्यस्ता चलचित्र प्रदर्शनीमा रोक लगाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद राजकुमार कुँवरले विभिन्न परिवर्तनकामी आन्दोलनका क्रममा घाइते, अङ्गभङ्ग भई उपचारविहीनलाई औषधोपचार तथा आर्थिक सहायताका लागि राज्यले विषेश ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सांसद विन्दादेवी आलेले विभिन्न क्षेत्रमा लगाइएको करले जनतालाई थप पीडाबोध गराएको भन्दै सङ्घीय संरचनमा स्थानीय सरकारले कर उठाउन पाउने व्यवस्था भए पनि मनलाग्दो कर जथाभावी उठाउन पाइँदैन भन्नुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

सम्बन्धित

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com