ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘गजनीमा भएको भीडन्तमा करिब ३०० व्यक्तिको मृत्यु’


एबीसी न्यूज
श्रावण २९, २०७५ मंगलबार  ७ : ५९ बजे

काबुल, अफगानिस्तान, २९ साउन ।   अफगानिस्तानको गजनी शहरबाट तालिवान विद्रोहीलाई धपाउने क्रममा तीन दिनदेखि भइरहेका युद्धमा परी करिब ३०० जनाको मृत्यु भएको अफगानिस्तानी रक्षा मन्त्रीले सोमबार बताउनुभएको छ ।
तालिवानी समूहले गजनीस्थित निर्वाचन कार्यालयमा आगलागी गरी काबुल–कान्दाहर राजमार्गलाई अवरुद्ध गर्ने प्रयासपछि भएका भीडन्तमा परी कम्तीमा १०० सुरक्षाकर्मीले ज्यान गुमाएका रक्षामन्त्री तारिक शाह बरामीले काबुलमा गरेको पत्रकार सम्मेलनमा पुष्टी गर्नुभएको छ ।

“उक्त भिडन्तमा विद्रोहीतर्फका १९४ लडाकूको मृत्यु भएको छ भने मृतकमध्ये ९५ जना तालिवानी लडाकू रहेका छन्,” रक्षामन्त्री बरामीले थप्नुभयो । सरकारी फौज र विद्रोहीबीचको भीडन्तमा परी २० देखि ३० सर्वसाधारणको मृत्युभएको पनि उहाँले जानकारी गराउनुभयो ।
मृतक विद्रोहीमध्ये १२ जना तालिवानी कमाण्डरस्तरका लडाकूरहेका रक्षामन्त्रीले बताउनुभयो ।

शुक्रबारबाट शुरु भएको सरकारी सुरक्षाकर्मी र विद्रोहीबीचको भीडन्तका क्रममा गजनी शहर र शहर वरपरका क्षेत्रको सञ्चार सञ्जाल प्राय अवरुद्ध बनेको छ । यस विषयमा स्थानीय अधिकारीहरूसँग गजनीको अवस्थाबारे गरिएको प्रश्नमा उनीहरूले कुनै प्रतिक्रिया दिन चाहेनन् । विगत तीनदेखि भएका भीडन्तमा भएको मानवीय तथा अन्य भौतिक क्षतिबारेका सूचना पुष्टी गर्न कठीन रहेको उनीहरूले बताए ।
गजनीको भीडन्तबारे तालिवानी समूहबाट सोमबार समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।
तालिवानी समूहले करिब १७ बर्षदेखि सरकार विरुद्ध गर्दै आएको युद्धलाई स्थायी रूपमा अन्त्य गर्न तालिवानी समूहमाथि दवाव आइरहेका समय विद्रोहीले आफ्नो शक्ति कमजोर अवस्थामा नपुगेको पुष्टी गर्नका लागि उनीहरू उद्दत भएको पाइएको अफगानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सरकारले मुसलमानहरूको मुख्य पर्व इदका अवसरमा सरकार र तालिवान समूहले गत जुनमा गरेको युद्धविरामसँगै दुवै पक्षले युद्धविराम चाहेका भन्ने भनाईहरू आइरहेका समय तालिवान समूहले गजनीमाथि आक्रमण गरेको हो । इदका अवसरमा दुवैपक्षबाट भएको अस्थायी युद्धविरामको युद्धबाट थकित बनेका अफगानी सर्वसाधारणले राहतको महशुस गर्दै प्रशंसा गरेका थिए ।
गजनी शहर काबुल–कान्दहर राजमार्गमा पर्ने विद्रोही वियन्त्रित दक्षिण र सरकारको उपस्थिति रहेको क्षेत्रको मुख्य प्रवेशद्वार हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

यो चुनाव २३ गतेका नरसंहारकारी, २४ का विध्वंसकारी र देश सम्हाल्नेबीचको जनमतसंग्रहः प्रचण्ड (भिडियो वार्ता)

सम्बन्धित

बेलायती राजाका भाइ एन्ड्रू पक्राउ

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com