काठमाडौं,२७ साउन । राष्ट्रिय अनुसन्धान विभागका १५ प्रमुख अनुसन्धान अधिकृत(डिएसपी)को उप अनुसन्धान अधिकृत (एसपी)मा तथा २७ जना अनुसन्धान अधिकृत(इन्सपेक्टर)को प्रमुख अनुसन्धान अधिकृत (डिएसपी)मा बढुवा भएको छ। बढुवाका आकांक्षीहरुबीचकै विवादका कारण करिब ती महिनासम्म बढुवा रोकिएको थियो।
शुक्रबार बेलुका गृह मन्त्रालयले बढुवाको निर्णय गरेको हो । बढुवामा चरम राजनीतिका दबाब र चलखेल हुँदा केही राम्रा अधिकृतहरु बढुवामा छुटेका छन्।
एसपीमा बढुवा हुनेहरुमा मुकुन्दराज श्रेष्ठ, नवीनप्रसाद भट्टराई, टेकराज तिमल्सिना, तुलसीराम प्रसाई, सुरेन्द्र कोइराला, रमेशसिंह डाँगा, वीेरेन्द्रसिंह कार्की, नगेन्द्रराज गिरी, शेरजंगबहादुर चन्द, अभिनयकुमार मिश्र, तिलक शर्मा प्रसाई, विमल घिमिरे, गोपाल पन्थी, कमल भट्टराई र कुलबहादुर खड्का उप अनुसन्धान निर्देशनकमा बढुवा भएका हुन्।
विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत लगेर प्रभावकारी बनाउने निर्णय भएपनि हालसम्म कार्यान्वायन भइसकेको छैन।
सिष्टमको अभाव तथा चरम राजनीतिक हस्तक्षेपका कारण देशको प्रमुख गुप्तचर निकाय प्रभावकारी बन्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस्