ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अलास्कामा अमेरिकी सदनका लागि रुसी आप्रवासीको प्रतिस्पर्धा


bhawani desk
श्रावण २३, २०७५ बुधबार   ५ : ०६   बजे

एजेन्सी, २३ साउन। सैँतीस वर्षका दिमित्री सिनले पहिलेदेखि नै अमेरिकी सपना बुनिसकेका छन् । सोभियत सङ्घमा जन्मिएका सिनसँग उनको हजुरबुबासँग भोक टार्न सडकमा भिख माग्नुपरेको सम्झना ताजै छ । सन् १९९० को दशकको सुरुमा उनी र उनकी आमा अलास्का आएका थिए । सिनकी आमाले अङ्कोरेजमा एक व्यक्तिसँग विवाह गरेकी थिइन् । विवाहपछि उनीहरू एक आश्रयस्थलमा बस्दा सार्वजनिक सहयोगका लागि तड्पिन्थे ।

अहिले एक प्राकृतिक अमेरिकी नागरिकको रूपमा एउटा सफल मेल–अर्डर प्लान्टर व्यवसाय चलाइरहेका सिनले अमेरिकी काङ्ग्रेसमा पुग्ने सपना बुनेका छन् । यो महिना उनले डेमोक्रेटिक प्राथमिक चरणमा दुई स्वतन्त्र उम्मेदवार एलिस ग्याल्भिन र क्रिस्टोफर कुमिङ्ससँग प्रतिस्पर्धा गरिरहेका छन् ।

साथै उनले रिपब्लिकन अमेरिकी प्रतिनिधि डोन योङको स्थानमा अपेक्षा गरिएका अलास्का बाहिरका डेमोक्रेट क्यारोल हाफ्नरसँग पनि प्रतिस्पर्धा गर्दैछन् ।

यदि सिन निर्वाचित भए सन् १९६७ पछि सदनमा रुसमा जन्मेका पहिलो सदस्य हुनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावसम्म पनि सिन राजनीतिकरूपमा सक्रिय थिएनन् । उनका अनुसार सडकमा हिँड्दा उनीे अलास्का मूल निवासीको सुरक्षाप्रति चिन्तित हुन थाले । उनकी चिकित्सक पत्नी अलास्का मूलकी हुन् । उनीहरूसँग दुई जैविक र चार ग्रहण गरिएका छोराछोरी छन् ।

‘म एक फरक मुलुकमा ब्युझिएँ, मैले भनेँ, हे भगवान ! हामी कहाँ बस्दैछौँ, यो त्यो मुलुक होइन जहाँ म आउँदा मलाई स्वागत गरिएको सम्झना छ’– सिनले भने ।

सिनको मुख्य अभियान भनेको सबैका लागि स्वास्थ्य उपचार हो जुन वर्मोन्ट अमेरिकी सिनेटर तथा अमेरिकी राष्ट्रपतिका लागि पूर्व उम्मेदवार बर्नी स्यान्डर्सको अवधारणा हो ।

सिनले त्यो साहसिक लाग्न सक्ने तर डेमोक्रेटिक पार्टीको मूलधारबाट बाहिर नभएको बताए । अलास्काको डेमोक्रेटिक पार्टीको प्लेटफर्मले एकल भुक्तानीकर्ता स्वास्थ्य सेवा प्रणालीको विकास र कार्यान्वयनलाई समर्थन गर्दछ ।

एउटा मजबुत अभियान सञ्चालन गरेकी र निर्वाचनका लागि विरोधीहरूको भन्दा बढी वित्तीय सहयोग जुटाएकी ग्याल्भिनले पनि सबैलाई समावेश गर्ने स्वास्थ्य सेवा योजनालाई समर्थन गरेकी छिन् तर विद्यमान प्रणालीमा सुधार नगरेसम्म त्यो सम्भव नहुने बताएकी छिन् ।

सिनका लागि त्यो धेरै राम्रो होइन । उनले भने– ‘तिनीहरूले हल्लाउँदैनन्, तिनीहरूले नयाँ विचारहरूलाई धकेल्दैनन् र तिनीहरूले गुमाउँछन् ।’

सिनका अनुसार नवीकरणीय ऊर्जामा अधिक लगानी तथा काङ्ग्रेसले अनुमोदन गरेको ट्रम्प समर्थित कर कटौतीलाई रद्द गर्नुजस्ता मुद्दा र स्वास्थ्य सेवामा उनको दृटिकोणलाई अधिकांश डेमोक्रेटले बुझ्दछन् । ‘हामी तिनीहरूमै सञ्चालित हुनुपर्दछ’– उनले भने ।

कहिलेकाहिँ अश्लिल बोल्ने र बिना तयारी टिप्पणी गर्ने भनी चिनिएका योङलाई सिनले ‘डोनाल्डका बाबु’ भन्छन् ।

राज्यको विधायिकी उम्मेदवार तथा सिनका समर्थक प्याट्रिसिया फाये–ब्राजेलले सिनलाई चमत्कारी व्यक्ति भन्छिन् । ‘जब उनी भेटघाटका लागि आउँछन्, मानिस प्रफुल्ल हुन्छन् र जब उनी बोल्छन्, मतदाताहरु उत्साहित हुन्छन्’– उनले भनिन् ।

विभिन्न समूहहरूलाई सम्बोधन गर्न भ्रमणको निमन्त्रणा स्वीकार गर्दै र ग्याल्भिन, कुमिङ्स र हाफ्नरसँग मञ्चहरूमा भाग लिन सिनले अलास्का राज्यको विभिन्न स्थानमा भ्रमण गरेका छन् ।

हाफ्नरले कहिल्यै अलास्काको भ्रमण गरेका छैनन् । सिनले आफ्नो अभियानका लागि एक लाख अमेरिकी डलरभन्दा बढी ऋण लिएका छन् । नाम पहिचानको समस्यामा रहेका उनी र ग्याल्भिन दुवैले त्यसलाई हटाउने प्रयास गरिरहेका छन् ।

पूर्व लेखापाल सिनले उनका हजुरबुबाले रुसबाट पठाइदिएको कबाब ग्रिल बनाउने भाँडोबाट प्रेरित भई फूल रोप्ने बक्स (प्लान्टर बक्स) आविष्कार गरे । उनी अलास्कामा दर्ता भएका ९४ वटा टेस्लामध्ये एउटा चलाउँछन् । ‘ब्याक टु द फ्यूचर’ सिनेमामा डिलोरियनले गरेजस्तै यसका ढोकाहरू माथिपट्टि खुल्छन् ।

अङ्कोरेजको एक मलस्थित आफ्नो एउटा प्रिय कफी पसलमा जाँदा हालै सिनको हाइस्कूलका एक पुराना कोच डेभिड ब्लकसँग भेट भयो । ब्लकले विद्यार्थीका रूपमा सिन स्पष्ट वक्ता र अभिमत दिन अप्ठ्यारो नमान्ने व्यक्ति भएको बताए । ‘तर अङ्ग्रेजी उनको मूल भाषा नभए पनि उनले भाषण र बहसका लागि कडा मेहनत गरे, अहिले उनी कस्तो अवस्थामा छन् भन्ने आधार तयार गर्न त्यसले सहयोग ग¥यो’– ब्लकले भने ।

सिन सधैँ बेजोड छन् । उनकी आमा लिना सेभिलले सिनले अङ्कोरेज डेली न्यूजका लागि पत्रिका वितरण गर्दै १२ वर्षको उमेरदेखि नै काम गरिरहेको बताइन् । सिनकी आमा सेभिलेले वालमार्ट र एक होटलमा काम गरिन्, उनले मास्टर डिग्री प्राप्त गरिन् र पर्यावरणीय अभियन्ता बन्न गइन् ।

उनी वास्तविक बिक्रेता थिए । अङ्कोरेज डेली न्यूजको सन्डे संस्करण मानिसहरूले कुपनमार्पmत खरिद गर्दा प्रोत्साहनको रूपमा आउने पैसाले उनको बचतलाई बढाउँथ्यो । उनले एकपटक एक दृष्टिविहीन महिलालाई पत्रिकाको ग्राहक बनाए । ‘सिनले भने यसलाई ती महिलाले पंक्षीको पिँजरा बनाउन प्रयोग गर्न सक्छिन्’– उनले भनिन् ।

एक वयस्कका रूपमा पत्नी मेलिसाको आकस्मिक लाभका क्रममा सिनको परिवार आकारमा दुई गुणा भयो । सन् २०१४ मा उनले एक्लो र उदास अवस्थामा रहेकी एक किशोरीलाई भेटिन् । ती किशोरीले आपूmले खतरा महसुस गरेर घरबाट भागेको बताइन् ।

ती किशोरीका तीन दिदीबहिनी थिए । तिनीहरूलाई घरबाट निकालिएको र अस्पताल भर्ना गरिएको थियो । मेलिसाले तिनीहरूलाई दैनिक भेटिन् । तर पछि उनले के थाहा पाइन् भने उनीहरूलाई अस्पतालमा हेरचाहका लागि एकैसाथ राखिएको थिएन ।

सिन र उनले ती किशोरीहरूसँगै जीवन बिताउनेबारेमा छलफल गरे । उनीहरूको छोराले निर्णयलाई सजिलो बनाइदिए । ‘के उनीहरूलाई घर चाहिन्छ ? किन उनीहरू हामीसँगै बस्न सक्दैनन् ?’– छोराले भने । ती किशोरीहरू उनीहरूसँग आए र सिनको परिवारले सन् २०१६ मा तिनीहरूलाई ग्रहण गरे ।

दम्पत्तीले सो कदम चाल्यो किनभने त्यसो गर्नु सही थियो, भलै यो कठिन कार्य थियो । सिनले भने– ‘ती किशोरीहरू सुत्न सकुन् भनेर उनीहरूको ढोका अगाडि हामीले महिनौँ रात बितायौँ, अहिले उनीहरूको अवस्था राम्रो छ ।’

उनले त्यो अनुभव र ग¥हुँगो भारीबीच समानान्तर रेखा खिच्दै मुलुकको सुधार गर्न काङ्ग्रेसलाई ती आवश्यक हुने बताए । ‘यो कडा मेहेनत गर्ने बारेमा उदाहरण हो’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group