ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अलास्कामा अमेरिकी सदनका लागि रुसी आप्रवासीको प्रतिस्पर्धा


bhawani desk

एजेन्सी, २३ साउन। सैँतीस वर्षका दिमित्री सिनले पहिलेदेखि नै अमेरिकी सपना बुनिसकेका छन् । सोभियत सङ्घमा जन्मिएका सिनसँग उनको हजुरबुबासँग भोक टार्न सडकमा भिख माग्नुपरेको सम्झना ताजै छ । सन् १९९० को दशकको सुरुमा उनी र उनकी आमा अलास्का आएका थिए । सिनकी आमाले अङ्कोरेजमा एक व्यक्तिसँग विवाह गरेकी थिइन् । विवाहपछि उनीहरू एक आश्रयस्थलमा बस्दा सार्वजनिक सहयोगका लागि तड्पिन्थे ।

अहिले एक प्राकृतिक अमेरिकी नागरिकको रूपमा एउटा सफल मेल–अर्डर प्लान्टर व्यवसाय चलाइरहेका सिनले अमेरिकी काङ्ग्रेसमा पुग्ने सपना बुनेका छन् । यो महिना उनले डेमोक्रेटिक प्राथमिक चरणमा दुई स्वतन्त्र उम्मेदवार एलिस ग्याल्भिन र क्रिस्टोफर कुमिङ्ससँग प्रतिस्पर्धा गरिरहेका छन् ।

साथै उनले रिपब्लिकन अमेरिकी प्रतिनिधि डोन योङको स्थानमा अपेक्षा गरिएका अलास्का बाहिरका डेमोक्रेट क्यारोल हाफ्नरसँग पनि प्रतिस्पर्धा गर्दैछन् ।

यदि सिन निर्वाचित भए सन् १९६७ पछि सदनमा रुसमा जन्मेका पहिलो सदस्य हुनेछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावसम्म पनि सिन राजनीतिकरूपमा सक्रिय थिएनन् । उनका अनुसार सडकमा हिँड्दा उनीे अलास्का मूल निवासीको सुरक्षाप्रति चिन्तित हुन थाले । उनकी चिकित्सक पत्नी अलास्का मूलकी हुन् । उनीहरूसँग दुई जैविक र चार ग्रहण गरिएका छोराछोरी छन् ।

‘म एक फरक मुलुकमा ब्युझिएँ, मैले भनेँ, हे भगवान ! हामी कहाँ बस्दैछौँ, यो त्यो मुलुक होइन जहाँ म आउँदा मलाई स्वागत गरिएको सम्झना छ’– सिनले भने ।

सिनको मुख्य अभियान भनेको सबैका लागि स्वास्थ्य उपचार हो जुन वर्मोन्ट अमेरिकी सिनेटर तथा अमेरिकी राष्ट्रपतिका लागि पूर्व उम्मेदवार बर्नी स्यान्डर्सको अवधारणा हो ।

सिनले त्यो साहसिक लाग्न सक्ने तर डेमोक्रेटिक पार्टीको मूलधारबाट बाहिर नभएको बताए । अलास्काको डेमोक्रेटिक पार्टीको प्लेटफर्मले एकल भुक्तानीकर्ता स्वास्थ्य सेवा प्रणालीको विकास र कार्यान्वयनलाई समर्थन गर्दछ ।

एउटा मजबुत अभियान सञ्चालन गरेकी र निर्वाचनका लागि विरोधीहरूको भन्दा बढी वित्तीय सहयोग जुटाएकी ग्याल्भिनले पनि सबैलाई समावेश गर्ने स्वास्थ्य सेवा योजनालाई समर्थन गरेकी छिन् तर विद्यमान प्रणालीमा सुधार नगरेसम्म त्यो सम्भव नहुने बताएकी छिन् ।

सिनका लागि त्यो धेरै राम्रो होइन । उनले भने– ‘तिनीहरूले हल्लाउँदैनन्, तिनीहरूले नयाँ विचारहरूलाई धकेल्दैनन् र तिनीहरूले गुमाउँछन् ।’

सिनका अनुसार नवीकरणीय ऊर्जामा अधिक लगानी तथा काङ्ग्रेसले अनुमोदन गरेको ट्रम्प समर्थित कर कटौतीलाई रद्द गर्नुजस्ता मुद्दा र स्वास्थ्य सेवामा उनको दृटिकोणलाई अधिकांश डेमोक्रेटले बुझ्दछन् । ‘हामी तिनीहरूमै सञ्चालित हुनुपर्दछ’– उनले भने ।

कहिलेकाहिँ अश्लिल बोल्ने र बिना तयारी टिप्पणी गर्ने भनी चिनिएका योङलाई सिनले ‘डोनाल्डका बाबु’ भन्छन् ।

राज्यको विधायिकी उम्मेदवार तथा सिनका समर्थक प्याट्रिसिया फाये–ब्राजेलले सिनलाई चमत्कारी व्यक्ति भन्छिन् । ‘जब उनी भेटघाटका लागि आउँछन्, मानिस प्रफुल्ल हुन्छन् र जब उनी बोल्छन्, मतदाताहरु उत्साहित हुन्छन्’– उनले भनिन् ।

विभिन्न समूहहरूलाई सम्बोधन गर्न भ्रमणको निमन्त्रणा स्वीकार गर्दै र ग्याल्भिन, कुमिङ्स र हाफ्नरसँग मञ्चहरूमा भाग लिन सिनले अलास्का राज्यको विभिन्न स्थानमा भ्रमण गरेका छन् ।

हाफ्नरले कहिल्यै अलास्काको भ्रमण गरेका छैनन् । सिनले आफ्नो अभियानका लागि एक लाख अमेरिकी डलरभन्दा बढी ऋण लिएका छन् । नाम पहिचानको समस्यामा रहेका उनी र ग्याल्भिन दुवैले त्यसलाई हटाउने प्रयास गरिरहेका छन् ।

पूर्व लेखापाल सिनले उनका हजुरबुबाले रुसबाट पठाइदिएको कबाब ग्रिल बनाउने भाँडोबाट प्रेरित भई फूल रोप्ने बक्स (प्लान्टर बक्स) आविष्कार गरे । उनी अलास्कामा दर्ता भएका ९४ वटा टेस्लामध्ये एउटा चलाउँछन् । ‘ब्याक टु द फ्यूचर’ सिनेमामा डिलोरियनले गरेजस्तै यसका ढोकाहरू माथिपट्टि खुल्छन् ।

अङ्कोरेजको एक मलस्थित आफ्नो एउटा प्रिय कफी पसलमा जाँदा हालै सिनको हाइस्कूलका एक पुराना कोच डेभिड ब्लकसँग भेट भयो । ब्लकले विद्यार्थीका रूपमा सिन स्पष्ट वक्ता र अभिमत दिन अप्ठ्यारो नमान्ने व्यक्ति भएको बताए । ‘तर अङ्ग्रेजी उनको मूल भाषा नभए पनि उनले भाषण र बहसका लागि कडा मेहनत गरे, अहिले उनी कस्तो अवस्थामा छन् भन्ने आधार तयार गर्न त्यसले सहयोग ग¥यो’– ब्लकले भने ।

सिन सधैँ बेजोड छन् । उनकी आमा लिना सेभिलले सिनले अङ्कोरेज डेली न्यूजका लागि पत्रिका वितरण गर्दै १२ वर्षको उमेरदेखि नै काम गरिरहेको बताइन् । सिनकी आमा सेभिलेले वालमार्ट र एक होटलमा काम गरिन्, उनले मास्टर डिग्री प्राप्त गरिन् र पर्यावरणीय अभियन्ता बन्न गइन् ।

उनी वास्तविक बिक्रेता थिए । अङ्कोरेज डेली न्यूजको सन्डे संस्करण मानिसहरूले कुपनमार्पmत खरिद गर्दा प्रोत्साहनको रूपमा आउने पैसाले उनको बचतलाई बढाउँथ्यो । उनले एकपटक एक दृष्टिविहीन महिलालाई पत्रिकाको ग्राहक बनाए । ‘सिनले भने यसलाई ती महिलाले पंक्षीको पिँजरा बनाउन प्रयोग गर्न सक्छिन्’– उनले भनिन् ।

एक वयस्कका रूपमा पत्नी मेलिसाको आकस्मिक लाभका क्रममा सिनको परिवार आकारमा दुई गुणा भयो । सन् २०१४ मा उनले एक्लो र उदास अवस्थामा रहेकी एक किशोरीलाई भेटिन् । ती किशोरीले आपूmले खतरा महसुस गरेर घरबाट भागेको बताइन् ।

ती किशोरीका तीन दिदीबहिनी थिए । तिनीहरूलाई घरबाट निकालिएको र अस्पताल भर्ना गरिएको थियो । मेलिसाले तिनीहरूलाई दैनिक भेटिन् । तर पछि उनले के थाहा पाइन् भने उनीहरूलाई अस्पतालमा हेरचाहका लागि एकैसाथ राखिएको थिएन ।

सिन र उनले ती किशोरीहरूसँगै जीवन बिताउनेबारेमा छलफल गरे । उनीहरूको छोराले निर्णयलाई सजिलो बनाइदिए । ‘के उनीहरूलाई घर चाहिन्छ ? किन उनीहरू हामीसँगै बस्न सक्दैनन् ?’– छोराले भने । ती किशोरीहरू उनीहरूसँग आए र सिनको परिवारले सन् २०१६ मा तिनीहरूलाई ग्रहण गरे ।

दम्पत्तीले सो कदम चाल्यो किनभने त्यसो गर्नु सही थियो, भलै यो कठिन कार्य थियो । सिनले भने– ‘ती किशोरीहरू सुत्न सकुन् भनेर उनीहरूको ढोका अगाडि हामीले महिनौँ रात बितायौँ, अहिले उनीहरूको अवस्था राम्रो छ ।’

उनले त्यो अनुभव र ग¥हुँगो भारीबीच समानान्तर रेखा खिच्दै मुलुकको सुधार गर्न काङ्ग्रेसलाई ती आवश्यक हुने बताए । ‘यो कडा मेहेनत गर्ने बारेमा उदाहरण हो’– उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com