ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

५ पटक मुख्यमन्त्री बनेका करुणानिधिको निधन


एबीसी न्यूज

चेन्नई, २३ साउन । द्रविड मुनेत्र कषगम (द्रमुक) प्रमुख एवं तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधि ९४ वर्षको उमेरमा मंगलबार साँझ निधन भएको छ ।

उनी २२ दिनदेखि चेन्नईको कावेरी अस्पतालमा उपचाररत थिए । कावेरी अस्पतालले भनेको छ, ‘धेरै कोशिशका बावजूद हामीले उनलाई बचाउन सकेनौंं । करुणानिधिको साँझ ६.१० निधन भएको अस्पतालले जनाएको छ ।

म‌ंगलबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै अस्पतालले उनको स्वास्थ्य अवस्था नाजुक रहेको बताएको थियो । त्यसपछि अस्पताल बाहिर नेता कार्यकर्ता र शुभचिन्तकको बाक्लो भीड लागकोे थियो । करुणानिधिको पिसावमा संक्रमण र न्यून रक्तचापको समस्या देखा परेपछि गएको २७ जुलाईमा कावेरी अस्पतालमा भर्ना गरिएको थियो ।

करणानिधि ५ पटक मुख्यमन्त्री
करुणानिधि ५ पटक तमिलनाडुको मुख्यमन्त्री बनेका थिए । उनी पहिलो पटक १० फेब्रअरी १९६९ देखि ४ जनवरी १९७१ सम्म, दोस्रो पटक १५ मार्च १९७१ देखि ३१ जनवरी १९७६ सम्म मुख्यमन्त्री भए । त्यसैगरी तेस्रो पटक २७ जनवरी १९८९ देखि ३० जनवरी १९९१ सम्म, चौथों पटक १३ मई १९९६ देखि १३ मई २००१, र अन्तिम पटक १३ मई २००६ देखि १५ मे देखि २०११ सम्म मुख्यमन्त्री भएका थिए । उनी अन्तिम पटक अक्टूबर २०१७ मा सार्वजनिक कार्यक्रममा देखिएका थिए भने त्यस यता उनी सार्वजनिक भएका थिएनन् ।

भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले करुणानिधि अस्पतालमा भर्ना भएपछि २७ फोन गरेर उनको स्वास्थ्य बारेमा जानकारी लिएका थिए भने कांग्रेस अध्यक्ष राहुल गान्धी अस्पताल पुगेर करुणानिधिको स्वास्थ्यबारे जानकारी लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com