ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिम्बाबेः मतगणनाको नतिजामा ढिलाई, राजधानीमा विरोध प्रदर्शन


bhawani desk

एजेन्सी ,१७ साउन । जिम्बाबेको राजधानी सहर हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीहरुले ढुँगामुढा र सवारी साधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र आँशु ग्यास प्रहार गरेको छ । सेना र प्रहरीको हस्तक्षेपबाट कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

सत्तारुढ दल जानु–पिएफका संस्थापक नेता एवं पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकाल समाप्त भएसँगै पहिलोपटक सम्पन्न चुनावबाट मुलुक नयाँ मार्गमा प्रवेश गर्ने अपेक्षामा बसेका आमजनता निराश बनेका छन् ।

संसदको चुनावमा सत्तारुढ जानु–पिएफ पार्टीले बहुसंख्यक स्थान जितेको घोषणा लगत्तै हरारेका मुख्य स्थानहरुमा हिंसात्मक झडप भएका थिए । विपक्षी दलसँग आबद्ध व्यक्तिहरुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

जिम्बाबेको निर्वाचन आयोगले कम्तीमा बिहीबारसम्म राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक नगर्ने जनाएको छ, र वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वालाई नै विजयी घोषणा गरिए विपक्षीहरुले विरोध प्रदर्शनलाई थप सशक्त बनाउने देखिएको छ । वर्तमान सत्तारुढ दल र सैनिक नेतृत्वले विपक्षी नेता नेल्सन चामिसालाई विजयी हुनबाट रोक्ने प्रयत्न गर्नेछन् ।

गत सोमबार शान्तिपूर्वक मतदानमा भाग लिएका लाखौं जिम्बाबेलीले ४८ घण्टा नबित्दै मुख्य सडकहरु छिचोल्दै सैनिक टैंक दौडेको अनौठो दृश्य हेर्नु परेको छ । सैनिकहरुले मुख्य सडकमा भेला भएका प्रदर्शनकारीमाथि अन्धाधुन्ध कुृटपिट गरेका छन् । केही पत्रकार समेतमाथि कुटपिट भएको छ ।

बुधबार अपराह्न सत्तारुढ पार्टीको मुख्यालय वरपर सहित हरारेका मुख्य सहरी इलाकाहरुमा गोली चलेको आवाज सुनिएको थियो । राज्य नियन्त्रित टेलिभिजन जेडबिसीका अनुसार, गोली लागेर तीनजनाको मृत्यु भएको छ ।

“अहिले त परिस्थिति बिल्कुलै भिन्न छ ।” ३१ वर्षीया खुद्रा व्यापारी एलिसा पीगुले भनिन् । “सोमबार मानिसहरु ज्यादै खुशी थिए । आज, उनीहरु निराश छन् । यहाँ कहिले शान्ति आउला ?”

अधिकारीहरुले जिम्बाबेको सार्वजनिक सुरक्षा कानुन पुनः ब्यूँताएका छन् जसले मानिसलाई भेला हुन वा सार्वजनिक कार्यक्रम गर्नबाट रोक लगाउँछ । प्रहरीले काबूबाहिरको परिस्थिति सिर्जना भए सैनिकलाई आमन्त्रण गर्न पाउँछ । मुगाबेको शासनकालमा सन् २००२ देखि सरकार बिरोधी भेला र प्रदर्शन रोक्न यही कानुनलाई बारम्बार प्रयोग गरिन्थ्यो ।

राष्ट्रपति मान्गाग्वाले हिंसा भड्किनुमा विपक्षीहरु दोषी रहेको बताउनुभएको छ । उहाँले निर्वाचन प्रक्रियामा अबरोध सिर्जना गर्नेतर्फ हिंसात्मक गतिविधि गरिएको बताउनुभयो ।

तर विपक्षीहरुले सुरक्षा निकायहरुले निहत्था जनतामाथि जथाभावी र अन्यायपूर्वक कारबाही गरेको जनाएका छन् । शान्तिपूर्वक प्रदर्शनलाई हिंसात्मक बनाउन सैनिक परिचालन गरिएको उनीहरुको आरोप छ । “के हामी युद्धको स्थितिमा छौं ? के नागरिकहरु राज्यका दुश्मन हुन् ?” मुख्य विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्जकाका प्रवक्ता नुलुलेको सिबान्दाले प्रश्न गर्नुभयो ।

संयुक्त राष्ट्रसंघका उप–प्रवक्ता फरहान हकले निर्वाचनको नतिजा आइनसकेको अहिलेको अवस्थामा जिम्बाबे सरकार र विपक्षी सबैलाई धैर्य कायम राख्न आग्रह गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले चुनाव तुलनात्मक रुपमा शान्तिपूर्वक र स्वतन्त्र किसिमबाट भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेका छन् । हिंसा र अनियमितताको शिकार हुने गरेको विगतको तुलनामा यस पटकको चुनावमा निकै धेरै सुधार भएको उनीहरुको भनाइ छ ।

“राष्ट्रपतिको मतदानको नतिजा प्रकाशनमा जति ढिलाई हुन्छ निर्वाचन प्रक्रियामा आम जनताको विश्वास त्यति कमजोर हुँदै जान्छ,” अमेरिकी अनुगमन मिसनका टोलीनेता पूर्व लाइबेरियन नेता एलेन जोन्सन सरलेफले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com