ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जिम्बाबेः मतगणनाको नतिजामा ढिलाई, राजधानीमा विरोध प्रदर्शन


bhawani desk
श्रावण १७, २०७५ बिहीबार  १ : ४१ बजे

एजेन्सी ,१७ साउन । जिम्बाबेको राजधानी सहर हरारेमा बुधबार क्रुद्ध प्रदर्शनकारीहरुले ढुँगामुढा र सवारी साधनमा आगजनी गर्न थालेपछि सेना र प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न गोली चलाउनुका साथै पानीका फोहरा र आँशु ग्यास प्रहार गरेको छ । सेना र प्रहरीको हस्तक्षेपबाट कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

सत्तारुढ दल जानु–पिएफका संस्थापक नेता एवं पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकाल समाप्त भएसँगै पहिलोपटक सम्पन्न चुनावबाट मुलुक नयाँ मार्गमा प्रवेश गर्ने अपेक्षामा बसेका आमजनता निराश बनेका छन् ।

संसदको चुनावमा सत्तारुढ जानु–पिएफ पार्टीले बहुसंख्यक स्थान जितेको घोषणा लगत्तै हरारेका मुख्य स्थानहरुमा हिंसात्मक झडप भएका थिए । विपक्षी दलसँग आबद्ध व्यक्तिहरुले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

जिम्बाबेको निर्वाचन आयोगले कम्तीमा बिहीबारसम्म राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक नगर्ने जनाएको छ, र वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वालाई नै विजयी घोषणा गरिए विपक्षीहरुले विरोध प्रदर्शनलाई थप सशक्त बनाउने देखिएको छ । वर्तमान सत्तारुढ दल र सैनिक नेतृत्वले विपक्षी नेता नेल्सन चामिसालाई विजयी हुनबाट रोक्ने प्रयत्न गर्नेछन् ।

गत सोमबार शान्तिपूर्वक मतदानमा भाग लिएका लाखौं जिम्बाबेलीले ४८ घण्टा नबित्दै मुख्य सडकहरु छिचोल्दै सैनिक टैंक दौडेको अनौठो दृश्य हेर्नु परेको छ । सैनिकहरुले मुख्य सडकमा भेला भएका प्रदर्शनकारीमाथि अन्धाधुन्ध कुृटपिट गरेका छन् । केही पत्रकार समेतमाथि कुटपिट भएको छ ।

बुधबार अपराह्न सत्तारुढ पार्टीको मुख्यालय वरपर सहित हरारेका मुख्य सहरी इलाकाहरुमा गोली चलेको आवाज सुनिएको थियो । राज्य नियन्त्रित टेलिभिजन जेडबिसीका अनुसार, गोली लागेर तीनजनाको मृत्यु भएको छ ।

“अहिले त परिस्थिति बिल्कुलै भिन्न छ ।” ३१ वर्षीया खुद्रा व्यापारी एलिसा पीगुले भनिन् । “सोमबार मानिसहरु ज्यादै खुशी थिए । आज, उनीहरु निराश छन् । यहाँ कहिले शान्ति आउला ?”

अधिकारीहरुले जिम्बाबेको सार्वजनिक सुरक्षा कानुन पुनः ब्यूँताएका छन् जसले मानिसलाई भेला हुन वा सार्वजनिक कार्यक्रम गर्नबाट रोक लगाउँछ । प्रहरीले काबूबाहिरको परिस्थिति सिर्जना भए सैनिकलाई आमन्त्रण गर्न पाउँछ । मुगाबेको शासनकालमा सन् २००२ देखि सरकार बिरोधी भेला र प्रदर्शन रोक्न यही कानुनलाई बारम्बार प्रयोग गरिन्थ्यो ।

राष्ट्रपति मान्गाग्वाले हिंसा भड्किनुमा विपक्षीहरु दोषी रहेको बताउनुभएको छ । उहाँले निर्वाचन प्रक्रियामा अबरोध सिर्जना गर्नेतर्फ हिंसात्मक गतिविधि गरिएको बताउनुभयो ।

तर विपक्षीहरुले सुरक्षा निकायहरुले निहत्था जनतामाथि जथाभावी र अन्यायपूर्वक कारबाही गरेको जनाएका छन् । शान्तिपूर्वक प्रदर्शनलाई हिंसात्मक बनाउन सैनिक परिचालन गरिएको उनीहरुको आरोप छ । “के हामी युद्धको स्थितिमा छौं ? के नागरिकहरु राज्यका दुश्मन हुन् ?” मुख्य विपक्षी दल मुभमेन्ट फर डेमोक्रेटिक चेन्जकाका प्रवक्ता नुलुलेको सिबान्दाले प्रश्न गर्नुभयो ।

संयुक्त राष्ट्रसंघका उप–प्रवक्ता फरहान हकले निर्वाचनको नतिजा आइनसकेको अहिलेको अवस्थामा जिम्बाबे सरकार र विपक्षी सबैलाई धैर्य कायम राख्न आग्रह गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले चुनाव तुलनात्मक रुपमा शान्तिपूर्वक र स्वतन्त्र किसिमबाट भएको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेका छन् । हिंसा र अनियमितताको शिकार हुने गरेको विगतको तुलनामा यस पटकको चुनावमा निकै धेरै सुधार भएको उनीहरुको भनाइ छ ।

“राष्ट्रपतिको मतदानको नतिजा प्रकाशनमा जति ढिलाई हुन्छ निर्वाचन प्रक्रियामा आम जनताको विश्वास त्यति कमजोर हुँदै जान्छ,” अमेरिकी अनुगमन मिसनका टोलीनेता पूर्व लाइबेरियन नेता एलेन जोन्सन सरलेफले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

बालेन सरकारलाई ‘परिस्थितिजन्य मिलन’ : अमेरिकी कंग्रेसको रिपोर्ट के हो ?

सम्बन्धित

इरानले अमेरिकी नाकाबन्दीको सामना गर्दै बन्दरगाहमा चेतावनी दियो

इरान संकटको अन्त्य कसरी गर्ने ?

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

विश्व बजारमा आज कच्चा तेलको मूल्यमा तिब्र बृद्धि

हंगेरीमा दक्षिणपन्थी पपुलिस्ट ओरबानको पराजय : १६ वर्षको शासन अन्त्य

अमेरिका–इरानबीच शान्ति वार्ता निष्कर्षविहीन, तर संवादको ढोका खुलै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com