ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा मेरुदण्ड पक्षाघात पुनःस्थापना केन्द्र निर्माण हुने


bhawani desk

चितवन, १४ साउन । जिल्लामा रहेका पाँच रोटरी क्लबले भरतपुर महानगरपालिकाको सहकार्यमा मेरुदण्ड पक्षाघात पुनःस्थापना केन्द्र सञ्चालन गर्ने भएका छन् ।

भरतपुर महानगरपालिका–३ स्थित बाह्रघरेमा एक बिघा जग्गा प्राप्त हुने भएपछि रोटरी क्लब अफ चितवनको अगुवाईमा रोटरी क्लब अफ भरतपुर, रोटरी क्लब अफ नारायणगढ, रोटरी क्लब अफ नारायणी मिड टाउन र रोटरी क्लब अफ रत्ननगरले सो केन्द्र सञ्चालन गर्न लागेका हुन् ।

रोटरी क्लब अफ चितवनका अध्यक्ष कपिलबाबु खनालका अनुसार केन्द्र स्थापनाका लागि महानगरले जग्गा उपलब्ध गराउने भएको छ । करिव रू रु १५ करोड लागत अनुमान गरिएको सो केन्द्रका लागि स्थानीय स्रोत, रोटरियन र दाताको सहयोगमा भवन निर्माण गरिने छ भने आवश्यक उपकरण रोटरी इन्टरनेशनलको रोटरी फाउण्डेशन र अन्य दाताबाट लिइने छ । प्राविधिक क्षेत्रमा नेपाल स्पाइनल इञ्जुरी संघले सहयोग गर्ने भएको छ ।

अध्यक्ष खनालले पचास श्यायको उक्त केन्द्र सञ्चालनका लागि खर्च गर्नसक्ने बिरामीबाट पनि केही रकम लिने, त्यस्ता बिरामीका लागि सरकारले दिने रु एक लाख र अन्य स्रोत दाताबाटै सङ्कलन गरिने बताउनुभयो ।

महानगर प्रमुख रेनु दाहालले केन्द्र स्थापनाका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराएर सहकार्य गरेको बताउनुभयो ।

महानगरसंग भएको संझौताबमोजिम पाँच वर्षभित्र केन्द्र सञ्चालनमा आइसक्नुपर्ने सो केन्द्र ५० श्ययाको हुनुपर्ने, केन्द्र स्थापना र सञ्चालनको व्यवस्थापन रोटरी क्लबले गर्नुपर्ने, भौतिक संरचना निर्माणका क्रममा महानगरको निर्देशन पालना गर्नुपर्ने र यो केन्द्र सर्वसाधारणको हितसंग केन्द्रित हुनुपर्ने उल्लेख छ ।

नेपालमा नै पहिलो पटक भरतपुर महानगरमा पुनःस्थापना केन्द्र स्थापना हुँदा देशका सबै ठाउँबाट आएर बिरामीले उपचार गर्न सक्ने प्रमुख दाहालले विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रका प्राविधिक संयोजक डा कृष्ण पौडेलकाअनुसार पक्षाघात भएका बिरामीको उपचारका लागि यो केन्द्र नेपालकै नमूना केन्द्र बन्ने छ । केन्द्रमा पुनःस्थापनासँगै ह्लिचियर चढ्ने तालीम, पौडी पोखरीमा हाइड्रोथेरापी, फिजियोथेरापी, व्यावसायिक तालीमलगायतका सुविधा दिइने छ । दुर्घटनाका घाइते, भिरबाट लडेका, रुखबाट खसेका, मधुमेह भएका, मेरुदण्डमा क्षयरोग र क्यान्सर भएका बिरामीका लागि केन्द्र महत्वपूर्ण हुने छ ।

उक्त केन्द्र निर्माण समितिका संयोजक उत्तमलाल चुकेका अनुसार खर्च जुटाउनका लागि केही दाताको खोजी भइसकेकाले तीन वर्षभित्रमा पूर्णरुपमा सञ्चालनमा आउने गरी काम अघि बढाइने छ । पाँचवर्ष अघि नै जिल्लाका रोटरी क्लबले भरतपुर अस्पताल परिसरमा केन्द्र स्थापना गर्न चाहे पनि जग्गाको अभावमा कार्य अघि बढेको थिएन ।

अस्पताल परिसरमा हाल १५ श्ययाको पक्षाघातका बिरामीको उपचार केन्द्र रोटरीको सहयोगमा सञ्चालन भइरहेको छ ।

मेडिकल सिटीको रुपमा विकास भएको चितवनमा पक्षाघात भएका बिरामीलाई अन्य उपचारका लागि पनि सहज हुने भएपछि यहाँका रोटरी क्लबले केही वर्षयता केन्द्र स्थापनाका लागि पहल गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com