काठमाडौं,१४ साउन । सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्याधीश नबनाउने तयारी भइरहेको सत्तारुढ दल नेकपाका एक शीर्ष नेताले बताएका छन् ।
प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे निर्णय गर्न संसदीय सुनुवाई विशेष समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ । यसअघि दुई पटक बैठक स्थगित भएको थियो ।
आजको बैठकले भने जोशीबारे निर्णय गर्ने सुनुवाई समितिका एक सदस्यले बताए । स्रोतका अनुसार जोशीको सिफारिस अस्वीकृत गरने सत्तारुढ दल नेकपाको तयारी छ । शैक्षिक प्रमाणपत्र मात्र होइन, फैसलाहरु पनि विवादमा छन्’ नेकपाका एक सांसदले बताएका छन । आकस्मिक कुनै घटना क्रम भएन भने अस्वीकृत गर्ने सम्भावना रहेको छ ।
नेकपाका शीर्ष नेताहरुले आइतबार राति पार्टीका सांसदहरुलाई त्यही सन्देश पठाएको स्रोतको दाबी रहेको छ । यदि पर्याप्त कारण र आधार छ, भने संसदीय सुनुवाई समितिले अस्वीकृत पनि गर्नबताइएको छ । जोशीलाई प्रधानन्यायाधीश नबनाउने संकेत गर्दै नेकपाका ति नेताले भने ।
त्यसअघि नेकपाले राजीनामा दिएर सम्मानजनक निकास दिन जोशीलाई सन्देश पठाएका थिए । तर, उनले त्यसलाई बेवास्ता गरेपछि अस्वीकृत गर्ने रणनीति बनेको हो ।
प्रतिक्रिया दिनुहोस्