पोखरा,१३ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बांस्कोटाले मदन भण्डारीबाट दीक्षित सरकारसंग कोही पनि तर्सिनु नपर्ने बताएका छन् ।
पोखरामा मन्त्री बांस्कोटाले यो सरकार किम जोन उनबाट प्रशिक्षित नभई लोकतान्त्रिक लडाई लडेका कम्युनिष्टबाट निर्माण भएकाले अधिनायकवादी हुनै नसक्ने जिकिर गरेका छन ।
सरकार टुंडिखेलमा बहस गरी कानुन बनाउन तयार रहेकोे भन्दै उनले लुकिछिपी कानुन नबनाउने दावी गरे ।
मन्त्री बांस्कोटाले पत्रकारिता क्षेत्रलाई थप व्यवस्थित र विश्वसनीय बनाउन कानुन निर्माण भइरहेको जानकारी पनि दिए ।
कार्यक्रममा प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति राष्ट्रिय पत्रकारिता सम्मान–२०७४ पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरियो ।
प्रतिक्रिया दिनुहोस्