ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरी निर्वाचनको माग गर्दै पाकिस्तानका पार्टीद्धारा आन्दोलनको घोषणा 


एबीसी न्यूज


इस्लामावाद, १२ साउन। पाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै शुक्रबार आन्दोलनको घोषणा गरेका छन् ।
गत जुलाई २५ मा देशभरी भएको निर्वाचनको परिणाम पूर्व क्रिकेट खेलाडी इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको घोषणा भएपछि उनीहरुले आन्दोलको घोषणा गरेका हुन ।
आन्दोलनरत पार्टीहरुले फेरि निर्वाचन गर्न माग गर्दै प्रदर्शन गरेका छन् ।
वर्तमान सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन)सहितका दलहरुले आन्दोलनको घोषणा गरेका हुन् ।
पिएमएल–एनका वरिष्ठ नेता शाहबुज शरिफले आन्दोलनप्रति आफ्नो समर्थन रहेको जानकारी दिनुभयो ।
प्रतिद्वन्द्वी ती पार्टीहरूले चुनावमा धाँधली भएको ठहर गर्दै पुनः आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
तेस्रो स्थानमा बिलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी रहेको छ, जसले ३९ सीट जितेको बताइएको छ ।
बिलावल पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन् । सन् २००७ को डिसेम्बरमा बेनिजिर भुट्टो हत्या भएको थियो. ।
यद्यपी पीपीपीले भने शुक्रवार भएको प्रतिद्वन्द्वी पार्टीहरूको भेलामा सहभागिता जनाएको थिएन ।
मतगणनाको परिणामअनुसार पूर्वक्रिकेटर इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको छ । यद्यपि, खानको पार्टीले सरकार गठनका लागि आवश्यक १३७ स्थान प्राप्त गर्न सकेन ।

पाकिस्तान चुनाव आयोगले आमनिर्वाचनको नतिजा शुक्रबार घोषणा गरेको थियो ।

प्राप्त विवरण अनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् ।

सरकार गठनका लागि आवश्यक बहुमत (१३७ स्थान) प्राप्त नगरेका कारण इमरान खानले अन्य साना दलसँग गठबन्धन निर्माण गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ । यसैबीच विरोध प्रर्दशन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com