ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साहुको ऋण तिर्न सउदीअरब गएका बाँतरको शव बाकसमा आउँदा परिवारको विलाप


bhawani desk

बर्दिवास, १० साउन । विदेश गएका पतिले कमाएर ल्याउने रकमले सबै आवश्यकता पूरा गर्ने महोत्तरी जिल्लाको भंगहा नगरपालिका–४ पलार बस्तीकी सियान्कीदेवी बाँतरले सँगालेकी सपना चकनाचुर भए जब उनका पति बाकसमा लास बनेर आए ।

साहुको ऋण तिर्ने, साना नानीहरुलाई नयाँ कपडा दिने र घरको आवश्यकता पूरा गर्ने सपना संगालेर सउदीअरब गएका पति गर्भु बाँतरको शव बाकसमा आएसँगै सियान्कीदेवीको सपना चकनाचुर भएको हो ।

गत जेठ ६ गते सउदीअरबमा सडक दुर्घटनामा मृत्यु भएका गर्भुको शव गत मंगलबार घर आएर उनको अन्तिम संस्कार पनि सम्पन्न भइसकेको छ । तर पराले झुप्रोको पिँढीमा बिलौना गर्दै ढलेकी सियान्की भने अझै उठेकी छैनन् । ‘आब कोन आधार स जियब्’ (अब के आधारले बाँच्ने होला) घरमा भेट्न आउने आफन्तसँग सियान्की यस्तै बिलौना गरिरहेकी भेटिन्छिन् ।

गरिबी, अभाव र अशिक्षा एवं सामाजिक चेतनाले पछि परेको तराईको आदिवासी दलित जातिका ४२ वर्षीय गर्भु दुई वर्षअघि रोजगारीका लागि सउदीअरब गएका थिए । गत जेठ ६ गते सडक दुर्घटनामा मृत्यु भएका उनको शव गत मंगलबार बाकसमा बन्द भएर घर आउँदा परिवारजनमात्र नभएर पूरै बाँतर बस्ती शोकमा डुबेको छ ।

गर्भुकी ठूली छोरीको बिहे भए पनि अरु चार सन्तानमध्ये कान्छा छोरा चार वर्षीय आशिक बाँतर भने बाबुको मृत्युबारे पूरै बेखबर छन् । “हमर बाबु चकलेट लतै” (मेरो बाबुले चकलेट ल्याइदिन्छन्) आफ्नै उमेरका साथीसँग खेल्न व्यस्त रहेका आशिक भनिरहेका हुन्छन् ।
विदेशमै मृत्यु भएका गर्भुका परिवारले पाउने सुविधा र क्षतिपूर्तिबारे अहिले यकिन नभएको भंगहा–४ का वडाध्यक्ष अशोककुमार महतोको भनाइ छ । अब गर्र्भुको क्रियाकर्म सकेर सोबारे पहल थालिने महतोले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com