ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जघन्य र ठूला अपराध संख्यामा कमी


bhawani desk

काठमाडौं ,९ साउन । महानगरीय प्रहरी परिसर काठमाडौँमा आर्थिक वर्ष २०७४-०७५ मा विभिन्न किसिमका अपराधका मुद्दा संख्यामा ३३ प्रतिशतले बृद्धि भएपनि तथा ठूला अपराधका मुद्दाको संख्यामा कमी आएको छ ।

“आव २०७३-०७४ को तुलनामा २०७४-०७५ मा मुद्दा बढे पनि जघन्य र ठूला अपराध संख्यामा कमी आएको छ, परिसरका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले भन्नुभयो । आव २०७३-०७४ मा चार हजार ५८२ मुद्दा दर्ता भएको थियो ।

गत आवममा छ हजार ८४१ मुद्दा दर्ता भएका थिए । परिसरमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, डाँका चोरी, खोटाचलन, ठगी, लागूऔषध, अपहरण, तथा शरीर बन्धक, साइबर अपराधलगायतमा अपराधमा उक्त मुद्दा दर्ता भएका हुन् ।

परिसरका अनुसार सबैभन्दा बढी २०७५ असारमा ८६७ र सबैभन्दा कम २०७४ साउनमा ३८९ मुद्दा दर्ता भएका छन् । परिसरले छ हजार ८४१ मुद्दामा नौ हजार १०२ जनालाई पक्राउसमेत गरेको छ ।

परिसरका प्रमुख पोखरेलले परिसरमा दर्ता भएका मुद्दामध्ये पाँच हजार ९७६ मुद्दाको फछ्र्योट गरिसकिएको र बाँकी ८६५ मुद्दा फछ्र्योट गर्न बाँकी रहेको जानकारी दिनुभयो ।

परिसरका अनुसार आव २०७३-०७४ को तुलनामा आव २०७४-०७५ मा कर्तव्य ज्यान, सुनडाँका, खोटाचलन, ठगी, लागूऔषध, हातहतियार, जबर्जस्ती करणीलगायतका घटना बढे पनि ज्यान मार्ने उद्योग, डाँका चोरी, अपहरण, संगठित अपराध, मानव बेचबिखनलगायतका घटनामा कमी आएको छ ।

यस्तै परिसरले रक्तचन्दन बरामद, पेस्तोल बरामद, जुवाको खालमा रकम बरामद, हुण्डीको रकम बरामद, नक्कली नेपाली नोट बरामद, अवैध भारतीय नोट बरामद, चोरी गरेको मोटरसाइकल बरामद, विश्वकप फुटबल र आइपीएल क्रिकेटमा सट्टेबाजी गर्नेलाई पक्राउसमेत गरेको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com