बुटवल– बुटवलको बजारमा भेटिएको गहुंको पिठोमा प्लास्टीक र बोसो जस्तो पदार्थ भेटिएको छ । उपभोक्ताका बिच लोकप्रियता कमाएको घडी र घराना ब्राण्डका पिठोमा अखाद्य पदार्थ भेटिएको स्थानीय ब्यवसायीले बताएकाछन् । सामान्यतया गहुंको पिठो पानीमा घोल्दा सजिलै घोलिने गर्दछ ।
पानीमा घोल्दै जांदा सबै पानीमा घोलिएर जानु गहुंको पिठोको प्रकृति नै हो । तर घडी र घराना ब्राण्डका आंटा पानीमा घोलिएर जांदैन । २ सय ग्राम पिठो पानीमा घोल्दै गर्दा ५० गा्रम भन्दा बढी आंटा पानीमा नघोलिएपछि दुई ब्राण्डको पिठो प्रति आशंका जन्मीएको छ । रोटी बनाउनकालागि मुछिएको पिठो पानीमा नघोलिनेमात्र होईन प्लास्टिक जस्तै तन्कीने समेत गरेको छ ।
पिठोमा प्लास्टीक रहेको आशंका लागेपछि पिठोलाई पोलेर हेर्दा घडी ब्राण्ड पिठोमा मासुजन्य पदार्थको गन्ध आएको र घराना ब्राण्ड आंटामा प्लास्टीककै गन्ध आउने गरेको छ । त्यसो त होटल ब्यवसायी र उपभोत्ताहरुले घडी र घराना ब्राण्डमा मिसावत भएको भन्दै ईलाका प्रहरी कार्यालय सम्म पुगेका थिए । तर उद्योगिहरुले बिभिन्न तर्क गर्दै घटनालाई सामसुम पारेका थिए । बुटवलका होटल ब्यवसायीहरुले ती ब्राण्डका पिठोमा पटक–पटक प्लास्टीकको टुक्रा भेटिने गरेको बताए ।
भिडियो








प्रतिक्रिया दिनुहोस्