ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ८, २०८३ सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मार्क्सवादका सिद्धान्तलाई नयां ढंगले परिभाषित गर्नुपर्छः अध्यक्ष प्रचण्ड


bhawani desk
श्रावण ७, २०७५ सोमबार   २ : २०   बजे

काठमाडौं , ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका संस्थापक महासचिव पुष्पलालको देश र जनताप्रतिको निष्ठा र आदर्श सबैले अनुसरण गर्नुपर्ने बताउनुभएको छ ।

पुष्पलाल स्मृति प्रतिष्ठानले पुष्पलालको ४० औंँ स्मृति दिवसका अवसरमा चम्पादेवीस्थित उहाँको शालिक परिसरमा आयोजना गरेको श्रद्धाञ्जलिसभामा उहाँले पुष्पलालले सामन्तवादको अन्त्य र जनताको अधिकार स्थापना गर्ने लक्ष्य लिएर ठूलो त्याग र संघर्ष गर्नुभएको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो, “उहाँको सपना साकार पार्न जरुरी छ, अन्य साना पार्टीलाई पनि हामीले क्रमशः एकीकृत कम्युनिष्ट पार्टीमा एकताबद्ध गर्नेछौँ, २१ औँ शताब्दीमा माक्र्सवादका सिद्धान्तलाई नयाँ ढंगले परिभाषित गर्नुपर्छ, अहिले कार्यशैलीमा विचलन देखिन्छ, यस्तो विचलनले मुलुकलाई अगाडि बढाउन सक्तैन ।”

पार्टीका वरिष्ठ नेता एवं प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले मृत्युलाई नजीकबाट देखेका पुष्पलालले निरंकुशताविरुद्ध सशक्त आन्दोलन शुरु गरेको तथा देश र जनतालाई स्वतन्त्र र समृद्धितर्फ लैजानका लागि संघर्ष गर्नुभएको बताउनुभयो ।

पुष्पलालले नेपाली काँग्रेसमा रहेर देश र जनताको सेवा गर्न नसकिने देखेपछि उक्त पार्टी छाडेर चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्वयुद्धबारे गहिरो अध्ययन गरेर कम्युनिष्ट पार्टीको घोषणापत्र अनुवाद गर्नुभएको र पार्टी स्थापना गर्नुभएको विचार नेता नेपालले व्यक्त गर्नुभयो ।

नेकपाका नेता वामदेव गौतमले मुलुकमा सामाजिक न्याय स्थापनाका लागि पुष्पलालको नेतृत्वमा २००६ सालमा स्थापना भएको नेकपा धेरै आरोह अवरोह पार गरेर अहिलेको अवस्थामा आएको बताउँदै अब सामन्तवाद अन्त्य गरी देश विकासमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले कम्युनिष्ट आन्दोलनले देश र जनताको समृद्धि गर्न सक्छ भन्ने मान्यतालाई पुष्पलालले सिद्धान्तका रुपमा विकास गर्नुभएको बताउनुभयो । प्रतिष्ठानका उपाध्यक्ष लोककृष्ण भट्टराईले चम्पादेवीमा चाँडै पुष्पलाल ज्येष्ठ आश्रम बन्ने जानकारी दिनुभयो । पुष्पलालका समकालीन लक्ष्मीभक्त उपाध्यायले आफूले प्राप्त गर्नुभएको पुष्पलाल राष्ट्रिय पुरस्कारवापतको रु एक लाख सोही प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभयो ।

त्यसैगरी पुष्पलालका पुत्र उमेशलालले आफू बाँचुञ्जेल पिताका नामबाट सरकारले स्थापना गरेको राष्ट्रिय पुरस्कार प्राप्त गर्ने प्रत्येक स्रष्टालाई रु ५० हजार दिने घोषणा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

रास्वपालाई थप समावेशी बनाइँदै, चुनावी कार्यतालिका संशोधन

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group