ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला बेचबिखनको बदलिँदो स्वरुप


एबीसी न्यूज

पछिल्ला वर्षमा महिला बेचबिखन पहिलाको भन्दा नयाँ स्वरुपमा विकसित भइरहेको भन्दै न्यूनीकरणका लागि चुनौतीहरू थपिएको अधिकारीहरूले बताएका छन्।

महिला बेचबिखन हुने संख्या मात्रै नभइ शैली पनि बढ्न थालेको प्रहरी विवरणले देखाएको छ।

सामाजिक सञ्जालको बढ्दो प्रयोग, विदेशीसँग विवाह गर्ने क्रम र वैदेशिक रोजगारीमा जान चाहने महिलाको संख्या बढेसँगै बेचबिखनमा पर्ने जोखिम पनि बढेको जानकारहरू बताउँछन्।

प्रहरीका अनुसार केही वर्षअघिसम्म गाउँका अशिक्षित महिलाहरूमात्रै बेचबिखनका जोखिममा पर्ने गरेका भए पनि पछिल्ला ४/५ वर्षयता शहरकै शिक्षित महिला पनि बेचबिखनको जोखिममा पर्न थालेका छन्।

चुनौती

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले दुई दशकभन्दा लामो समयदेखि बेचबिखनमा पर्नसक्ने महिलाहरूको उद्धारका लागि विभिन्न कामहरू गर्दै आएका छन्।

तर पछिल्लो पाँच वर्षकै तथ्याङ्क मात्रै हेर्ने हो भने पनि बेचबिखनमा परेका महिलाहरूको उजुरी प्रहरीसम्म आइपुगेका घटनामात्रै हेर्ने हो भन्ने बर्सेनि बढ्दो देखिन्छ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले भने, “हामीसँग मानव बेचबिखनको ७१/७२ मा १८१, ७२/७३ मा २१२, ७३/७४ मा २२७ र ७४/७५ मा २६८ भएको देखिन्छ।”

दुबईबाट ४४ नेपाली महिला फिर्ता

चीन र कोरियामा बेचिन्छन् ‘नेपाली दुलही’

यो तथ्याङ्क मानव बेचबिखनको भए पनि यसमा ८० प्रतिशतभन्दा बढी महिला नै पीडित हुने गरेको थापाले बताए।

कुनै समय गाउँगाउँमा गएर अशिक्षित महिला अथवा किशोरीहरूलाई फकाएर बेचबिखनका लागि भारतको मुम्बई लैजाने गरिएका घटनाहरू निकै सुनिन्थे।

अहिले त्यसको स्वरुपमा परिवर्तन आएको यस क्षेत्रमा काम गर्ने जानकारहरू बताउँछन्।

जोखिममा महिला

एसियादेखि ल्याटिन अमेरिकासम्म?

पछिल्लो चार/पाँच वर्षयता खासगरी नेपाली चेलीहरूसँग पाका उमेरका चिनियाँ र कोरियाली पुरुषले विवाह गरेर लैजाने र धेरैजसोमा महिलाहरू पीडामा पर्ने गरेको माइती नेपालका कार्यबहाक अध्यक्ष विश्वराम खड्काले बताए।

यहाँबाट विवाह गरेर लगे पनि ती महिलाहरूलाई पछि घरमै बन्दी जस्तो बनाएर यातना दिने गरेको भन्दै थुप्रैको उद्धार पनि गरिसकिएको प्रहरी अनुभव छ।

यीबाहेक बेचबिखनमा आएको परिवर्तित शैलीबारे उनले भने, “वैदेशिक रोजगारीका नाममा भनेर लैजाने तर प्रक्रिया नपुर्याइकन लैजाँदा श्रमशोषण, यौनशोषण हुने काममा लगाउने। विभिन्न सामाजिक सञ्जालमार्फत एकले अर्कालाई साथी बनाउने र ती साथी चिनेजानेको भरमा बेचिन पुग्ने यस्ता खालका परिवर्तनहरू बेचबिखनमा देखापर्न थालेको छ।”

त्यसरी बेचबिखनमा पर्ने महिलाहरू भारतबाहेक एसियाका मलेसिया, इण्डोनेसिया, अफ्रिकाका केन्या, युगाण्डा अनि कतिपय मध्यपूर्वका देशहरूमा र त्यस्तै ल्याटिन अमेरिकाको ब्रजिलमा पनि पुगेको प्रहरीको भनाइ छ।

विकसित देशहरूमै पनि स्थायी बसोबास अनुमतिपत्र पाउने नाममा, शरणार्थीका नाममा तथा सेमिनारहरूमा भाग लिन जाने नाममा महिलाहरू बेचिने जोखिम रहेको प्रहरीको अनुभव छ।

त्यसको चुनौतीबारे प्रवक्ता थापाले भने, “यसको दायरा चाहिँ फैलिएको छ र सामाजिक सञ्जालमा पनि आमनागरिकको पहुँच भएकोले पनि वैदेशिक रोजगारीको नाममा पनि यो व्यवसाय फस्टाएको देखिन्छ।”

जानाजान जोखिममा

विगतमा अशिक्षित र गाउँका महिलाहरू बेचबिखनमा पर्ने भए पनि अहिले भने शिक्षित र शहरी क्षेत्रकै महिलाहरु पनि विदेश जाने र धेरै कमाउने लोभमा बेचबिखनमा पर्ने घटनाहरू बढेको बताइन्छ।

सामाजिक सञ्जालका माध्यमबाट हुने सम्पर्क डरलाग्दो रहेको प्रहरीको अनुभव छ।

“सामाजिक सञ्जालहरूमार्फत दलालहरूसँग सम्पर्क राख्ने, उनीहरूले फोटो पठाइदेऊ भनेपछि फोटो पठाइदिने, तपाईँको फोटो धेरै लुगा लगाएको भयो अलि कम लुगा लगाएको पठाइदिनुस् भने पछि त्यस्तै फोटो पठाइदिने र त्यसरी जाने पीडितहरू पनि देखेको छु।”

यसरी आफू जोखिममा पर्दैछु भनेर नि वैदेशिक रोजगारीमा जान चाहने शिक्षित महिलाहरूलाई जोगाउन झन् चुनौतीपूर्ण रहेको बताइन्छ।

राम्रो लगाउनुपर्ने, मीठो खानुपर्ने र समाजमा देखाउनुपर्ने प्रवृत्ति बढ्दै जाँदा पनि महिलाहरू जानाजान जोखिम मोल्न तयार हुने गरेका घटनाहरू पाइएको अधिकारीहरू बताउँछन्।

यस्ता घटनाहरू बढिरहेको र नियन्त्रण चुनौतीपूर्ण रहेको भन्दै प्रहरीले यो वर्षदेखि मानव बेचबिखन नियन्त्रण ब्यूरो भनेर विशिष्ट संरचना नै स्थापना गर्न लागिएको जनाएको छ।– बि.बि.सि

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com