ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डुङ्गा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिले ज्यान गुमाए


bhawani desk
श्रावण ५, २०७५ शनिबार   ४ : २९   बजे

 

एजेन्सी ,५ साउन । अमेरिकाको मिसौरी राज्यमा रहेको एक तालमा गत बिहीबार भएको डुङ्गा दुर्घटनामा एकै परिवारका नौ व्यक्तिको मृत्यु भएको छ ।

पर्यटक बोकेको यस डुङ्गा दुर्घटना हुदां त्यसमा सवार रहेका १७ पर्यटकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

यस दुर्घटनामा यात्रा गरिरहेका व्यक्तिहरुलाई जीवनरक्षक ज्याकेट पनि नदिइएको दुर्घटनामा ज्यान गुमाएकाका आफन्तजनको आरोप रहेको छ ।

आँधी आएका कारण सो डुङ्गा डुबेको बताइएको छ । बिदा मनाउनका लागि प्रख्यात रहेको यस स्थलमा पर्यटक जल शयर गरिरहेका बेला ठूलो आँधीबेहरी आएकाले सो दुर्घटना भएको जनाइएको छ ।

“मेरो हृदय निकै भारी भएको छ, यस पर्यटकीय क्षेत्रमा घुम्न आएका हाम्रो परिवारका हामी दुईजना काका र भतिजमात्र बाँचेका छौँ ।” अस्पतालको बेडबाट कामेको स्वरमा पर्यटक तिया कोलेम्यानले एक सञ्चारमाध्यमलाई बताउनुभएको छ ।

सो दुर्घटनामा मरेकामध्ये केही बालबालिका रहेका जनाइएको छ । यस दुर्घटनामा घाइते भएका सातजनालाई उद्धार गरी उपचारका लागि भर्ना गरिएको छ ।

स्थानीय समयाअनुसार बिहीबार साँझ ६ः३० मा भएको सो घटनामा डुङ्गामा ३१ व्यक्ति सवार रहेका थिए । तीमध्ये केहीलाई भने सकुशल उद्धार गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group