ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकै परिवारका ४ जनाले सेतीमा हाम फाले, एकको उद्धार तीन बेपत्ता


एबीसी न्यूज
श्रावण ५, २०७५ शनिबार  १२ : १२ बजे

डोटी, ५ साउन । जिल्लाको आदर्श गाँउपालिकाका एकै परिवारका चार जनाले सेती नदीमा हाम फालेका छन् । हाम फालेकामध्ये ६ वर्षीय सुनिल वोहरालाई सेती नदीमा माछा मार्दै गरेका मानबहादुर विकले बचाउन सफल भएका छन् भने अन्य तीन जना बेपत्ता छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सेती नदीमा हाम फाल्नेमा बमबहादुर बोहराकी श्रीमतीसहित दुई छोरा र एक छोरी हुन् । बोहराकी २८ वर्षीया श्रीमती धौली बोहरा, १२ वर्षीया छोरी राधिका बोहरा, ८ वर्षीय छोरा सुरेन्द्र बोहरा र ६ वर्षीया छोरा सुनिल बोहराले सामूहिक सेती नदीमा हाम फालेको इलाका प्रहरी कार्यालय दिपायलका प्रहरी सहायक निरीक्षक डबलबहादुर कठायतले जानकारी दिए ।

परिवारका चार सदस्यले सेती नदीमा सामूहिक रुपमा किन हाम फाले भन्ने विषयमा छानविन तथा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताए ।

जिल्ला प्रहरी कार्यालयले घटनासम्बन्धी अनुसन्धान र बेपत्ताको खोजी कार्य गरी रहेको जनाएको छ । घटनास्थल डोटीको तलारा र बैतडीको ढुंगाड क्षेत्रमाको सीमाक्षेत्रमा पर्दछ।

शनिबार धौलीका श्रीमान् बमबहादुर बोहरासहितको टोलीलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको र उनको बयानपछि मात्र घटनाका बारेमा केही थप जानकारी खुल्न सक्ने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपा, कांग्रेस र नेकपाको बैठक आज

११ महिनामा ६ हजार विपद्का घटना, ४६४ जनाको मृत्यु

सम्बन्धित

आजदेखि वर्षा गराउने प्रणाली पश्चिमतिर पनि विस्तार हुने

गगनलाई राजीनामा नदिन ३० बढी नेताको सुझाव

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा काटिँदैछ आज बिजुली

एमाले अध्यक्ष ओलीका बुवाको निधनप्रति बालेनको श्रद्धाञ्जलि

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com