ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारविरुद्ध कांग्रेसले आन्दोलन गर्नुपर्ने अवस्था छैन–नेता दीनानाथ शर्मा


bhawani desk

काठमाडौं,२ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दीनानाथ शर्माले वर्तमान सरकारविरुद्ध कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेकोले अहिले नै सरकारका विरुद्ध कांग्रेसले आन्दोलन नै गरिहाल्नुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो । उहाले वर्तमान सरकार विनम्र रहेको जिकिर गर्नुभयो ।

सरकारमाथि निगरानी बढाउनु, खवरदारी गर्नु र सचेत गर्नु प्रमुख प्रतिपक्षी दलको धर्म नै भएको उहाको भनाई छ । वर्तमान सरकार संविधानप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाले कांग्रेसले अहिले सरकारको राजिनामा नमागेको पनि जिकिर गर्नुभयो ।

वर्तमान राजनीतिक दलहरुको लागि संविधानभन्दा अर्को दस्तावेज नभएको बताउँदै उहाले आवश्यक परे संविधानलाई सुधार गर्न आफूहरु प्रतिबद्ध रहेको पनि धारणा राख्नुभयो । साक्षात्कारमा कांग्रेसका युवा नेता प्रदिप पौडेलले वर्तमान सरकारले आफ्नो कार्यशैली नसच्याए प्रधानमन्त्रीको राजिनामा माग्न आफूहरु बाध्य हुने चेतावनी दिनुभयो ।

दुई तिहाईको दम्भमा जनतालाई तर्साउने र धम्काउने, लोकतान्त्रिक व्यवस्थालाई कमजोर तुल्याउने कुरा आफूहरुलाई कुनै हालतमा पनि स्विकार्य नरहेको उहाको भनाई छ ।

त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन जारी राख्ने वा फिर्ता लिने भन्नेबार आफूहरुले पूर्नविचार गर्ने स्पष्ट पार्नुभयो । सरकारका पछिल्ला कदमहरुले सरकारविरुद्ध नै जनमत बढिरहेको बताउँदै उहाले यो जनमतलाई कांग्रेसले प्रयोग गर्न चाहेको आरोप लगाउनुभयो ।

..उहाले राज्यले डाक्टर गोविन्द केसीसँग धेरैपटक सम्झौता गरेको तर अहिलेसम्म कार्यान्वयन नगरेकोमा गुनासो पोख्नुभयो । चिकित्सा शिक्षा अध्यादेश हेरफेर गर्दा सरकारको विश्वसनियता समाप्त हुने बताउँदै उहाले सरकारले सदनमा दम्भको कुरा गर्न नहुने जिकिर गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com