ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध नेपालका लागि उत्पादनमा जोड दिनुपर्छ: प्रधानमन्त्री ओली


bhawani desk

काठमाडौं, १ साउन ।  “यो प्रधानमन्त्रीले आज रातभरि मै देश विकास गर्न खोजेको हो कि भन्नुहोला ! आजलाई तपाईहरु घर जानुस्”– प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रह सुनेपछि सहभागी मन्त्री र सचिवको हाँसोले हल गुञ्जायमान भयो । त्यसबेला रातको ९ः३० भइसकेको थियो ।

आर्थिक वर्ष २०७५÷०७६ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनसम्बन्धी कार्ययोजनामा गत बुधबार मन्त्रालयको पाँच घण्टा लामो प्रस्तुति धैर्यपूर्वक सुनेपछि प्रधानमन्त्री ओलीले दुई घण्टा लामो निर्देशनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामीले समृद्ध नेपालका लागि उत्पादनमा जोड दिनुपर्छ । धानको उत्पादन दोब्बर गर्ने योजना सफल बनाउनुपर्छ । पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउनुपर्छ ।”

नयाँ आवको पहिलो दिनदेखि बजेट र कार्यक्रम कार्यान्वयनका लागि प्रधानमन्त्री ओलीको यो सक्रियताले राज्य संरचनामा सकारात्मक प्रभाव पर्ने देखिएको छ ।

पुष्पलाल राष्ट्रिय पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बजेट कार्यान्वयनसम्बन्धी छलफलमा प्रधानमन्त्री पुग्दा दिउँसोको २ बजेको थियो । कुन मन्त्रालयको बजेट कार्यान्वयनसम्बन्धी योजना कस्तो छ ? अनुगमनका लागि के गर्नुपर्छ ? भन्ने विषयमा प्रधानमन्त्रीले लिखित प्रस्तुतिकरण गर्न गत जेठ २५ को मन्त्री र सचिवको बैठकमा निर्देशन दिइसक्नुभएको थियो ।

बिहानदेखिको व्यस्त कार्यतालीकाका बीच दिउँसो सिंहदरबारमा पुग्दा पनि उहाँको मुहारमा कुनै थकान देखिएन । उहाँले निकै उत्सुकताका साथ एकाग्र चिन्तनले मन्त्रीको प्रस्तुति सुनिरहनुभएको थियो । मन्त्रालयको प्रस्तुति गम्भीर मुद्रामा सुनेपछि प्रधानमन्त्रीले ७ः३० देखि ९ः३० सम्म दुईघण्टा बजेट कार्यान्वयनमा निर्देशन दिनुभयो ।

प्रधानमन्त्रीले बजेट कार्यान्वयन सम्बन्धमा राष्ट्रको समग्र निर्माणमा जोड दिँदै कसरी छिटो र राम्रो काम गर्न सकिन्छ प्रत्येक मन्त्रालयले सोचेर काम गर्न उहाँको आग्रह थियो । गृहमन्त्रालयको कार्यक्रममा भएको लागूऔषध कारोबार नियन्त्रणसम्बन्धी प्रसंगमा उहाँले भन्नुभयो, “लागूऔषधको कारोबार नै ठप्प गरौँ, लागूऔषधि कारोबार गर्ने मृत्युका व्यापारी हुन्, अरुको जीवन बर्बाद गरेर धन कमाउने हुन्, त्यस्ताप्रति कुनै दया नगरौँ ।” गृहमन्त्रालयको बजेटमा लागूऔषध नियन्त्रणसम्बन्धी सातै प्रदेशको कार्यक्रममा उहाँले सो निर्देशन दिनुभयो ।

गृह मन्त्रालयअन्तर्गतकै अर्को प्रसंगमा उहाँले भन्नुभयो, “कारागार बढाउने होइन, अपराध घटाउनुपर्छ, कैदीबन्दी आफैँ घट्छन् ।” प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिँदै पानीजहाज ल्याउने काम चाँडो गर्न, राष्ट्रिय परिचयपत्र कार्ड बनाउँदा व्यक्तिको सबै सूचना आउने गरी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

नेपालको विकासका लागि हेटौँडा र उदयपुर सिमेन्टको कारखानाको स्तरोन्नति गरी क्षमता बढाउने, नेपाल औषधी लिमिटेडले नेपालमै औषधिको उत्पादन गर्ने र लगानीमैत्री वातावरणको सिर्जना गर्नमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन थियो ।
उहाँले राजमार्गको निरीक्षण तथा विकास निर्माणका ठेकेदारले सही रुपमा सही समयमा गरे÷नगरेको निरीक्षण गर्नसमेत सुझाव दिनुभएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास, स्वास्थ्य तथा जनसंख्या, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, कृषि, भूमि व्यवस्था तथा सहकारी, खानेपानी तथा सरसफाइ र उद्योग, वाणिज्य तथा आपूर्ति गरी १४ वटा मन्त्रालयको बजेट कार्यान्वयनसम्बन्धी प्रस्तुतिकरण पहिलो दिन थियो ।

गत शनिबार बाँकी मन्त्रालयको नीति तथा कार्यक्रम र बजेटसम्बन्धी कार्यान्वयन कार्ययोजनामा प्रधानमन्त्रीले निकै ध्यानपूर्वक ११ वटा मन्त्रालयको कार्ययोजना पाँच घण्टासम्म सुन्नुभयो । शनिबार दिउँसो २ बजेदेखि बेलुकी ८ बजेसम्म प्रस्तुति तथा निर्देशन चलेको थियो । त्यसमा प्रधानमन्त्री ओलीले एकघण्टा निर्देशन दिनुभएको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण, सूचना तथा सञ्चार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, न्याय तथा संसदीय मामिला, संघीय मामिला तथा सामान्य प्रशासन, युवा तथा खेलकुद, रक्षा, अर्थ मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को प्रस्तुति सुनिसकेपछि प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि तीव्ररुपमा बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिनुभएको थियो ।

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल पूरा गर्नभन्दा पनि देश निर्माणको जिम्मेवारी काँधमा लिएर विकास निर्माण, सुशासन र समृद्धिका लागि काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “भूकम्पका कारण प्लाष्टिकमुनि बसेका जनतालाई छानामुनि लैजाने कार्यक्रमलाई प्राथमिकता दिनुस्, बस्ने बासको व्यवस्थासँगै ऐतिहासिक सम्पदा तथा धार्मिक सम्पदा पुनःनिर्माणमा ध्यान दिनुस्, सरकार सरदर गतिमा होइन, तीव्रगतिमा अगाडि बढ्छ ।”

सबै निकायलाई साउन १ गतेदेखि नै यो आवको नीति तथा कार्यक्रम र बजेटको कार्ययोजनाअनुसार काममा जुट्न निर्देशन दिँदै उहाँले भन्नुभयो, “विद्यालय भर्ना अभियान, एक नेपाली एक फलफूलको बिरुवा रोप्ने अभियानलाई एक दिनको कार्यक्रममा मात्र सीमित नराखी अभियानका रुपमा अगाडि बढाउनुस् ।”

बजार मूल्य आकासिएको, बजारमा कृत्रिम अभाव भएको, उपभोग्य वस्तुमा शुद्धता नभएको भन्ने आम नागरिकको गुनासोप्रति सजग रहेर बजार अनुगमनलाई यथाशीघ्र प्रभावकारी बनाउन र दोषीलाई कारबाही गर्नसमेत प्रधानमन्त्रीले निर्देशन दिनुभयो ।

प्रशासनिक संयन्त्रलाई चुस्त, दुरुस्त र गतिशील बनाउँदै सेवा प्रवाह र विकास निर्माणप्रति प्रतिबद्ध भएर काम गरी जनतालाई आशा जगाउन कार्यक्रम कार्यान्वयनमा ध्यान दिन उहाँको विशेष जोड थियो ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न सबै लाग्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “विगतमा जस्तो योजना हुने तर कार्यान्वयन नहुने समस्यालाई निराकरण गरी सरकारको योजना कार्यान्वयन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य हासिल गर्न सघाउनुस् ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com