ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा रेल निर्माण सम्झौतामा छिट्टै हस्ताक्षर हुन्छ :मन्त्री ज्ञवाली


bhawani desk
असार ३२, २०७५ सोमबार   ५ : ४१   बजे

काठमाडौं ,३२ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रक्सौल काठमाडौं रेल निर्माण सम्झौतामा छिट्टै हस्ताक्षर हुने बताउनुभएको छ ।

सोमबार परराष्ट्र मन्त्रालयमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री ज्ञवालीले रक्सौल काठमाडौं रेल निर्माणको एमओयुको ड्राफ्ट तयार भएको र परामर्श र प्रतिक्रिया लिने काम भैरहेको जानकारी दिनुभयो ।

उहाले दुईपक्षिय छलफल पछि छिटै उक्त सम्झौतामा हस्ताक्षर हुने बताउनुभयो । त्यस्तै भारतीय पक्षले गरेको प्रारम्भिक अध्ययनमा नारायणी नदीमा ‘इन ल्याण्ड वाटर वे’ निर्माण हुन सक्ने देखिएको ज्ञवालीले जानकारी दिदै २ वर्षभित्रमा तीन सय मेट्रिकटन क्षमताको जहाज नेपाल आउन सक्ने धारणा राख्नुभयो ।

सबै काम सही ढंगले अगाडि बढे ३ सय मेट्रिकटन क्षमताको जहाज गण्डक ब्यारेजसम्म आउने र यसमा प्राविधिक सहयोग भारतले गर्ने उहाको भनाई छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा ‘इन ल्याण्ड वाटर वे’ निर्माणको सम्झौता भएको थियो ।

मन्त्री ज्ञवालीले भारत र चीन भ्रमणका बेला भएको सहमति र सम्झौताको कार्यान्वयनका लागी सरकार गम्भीर भएर अघि बढेको जानकारी पनि दिनुभयो । त्यस्तै उहाले मन्त्रीपरिषद्बाट राजदूतको नियुक्ति सम्बन्धि निर्देशिका २०७५ स्वीकृति गरको जानकारी दिनुभयो ।

नयाँ निर्देशिका अनुसार अब राजदूतहरुको वर्गीकरण नहुने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो । उहाले नियुक्तीको प्रक्रियामा कुनै पनि देशको पिआर नलिएको , भ्रष्टाचारको आरोप नलागेको , नियुक्त भईजाने मुलुकमा सम्पादन गर्ने कामका बारेमा जानकारी हुने व्यक्ति मात्र राजदूतको सिफारिसमा पर्ने जानकारी दिनुभयो । मन्त्रीपरिषद् बैठकले भारतका लागि राजदूत पदमा पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीलाई सिफारिश गरेको उहाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group