काठमाडौं, २९ असार । प्रधानसेनापति राजेन्द्र क्षत्री चीन र म्यानमारको औपचारिक भ्रमण गरी आज स्वदेश फर्कनुभएको छ । भ्रमणमा लागि क्षत्री असार १९ गते त्यसतर्फ जानुभएको थियो ।

स्वदेश फर्कनुभएका क्षत्रीलाई बलाधिकृत रथी पूर्णचन्द्र थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो ।
भ्रमणका क्रममा क्षत्रीले असार २० देखि २३ गतेसम्म म्यानमारका स्टेट काउन्सीलर, सेनाध्यक्ष र प्रवासी नेपालीहरुसँग भेटघाट गर्नुभयो । त्यसैगरी असार २४ देखि २९ गतेसम्म चिनिया रक्षामन्त्री, सेनाध्यक्ष, वेस्टर्न सेक्टर कमाण्डर लगायत उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्नु भएको थियो ।
उच्च तहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र चीन तथा म्यानमारको सेनाबीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्ध बृद्धि हुनुका साथै द्विपक्षीय हित र पारस्परिक सम्बन्धलाई सैनिक कूटनीतिको माध्यमबाट थप सुमधुर एवम् प्रगाढ बनाउन मद्धत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।



















प्रतिक्रिया दिनुहोस्