
काठमाडौं, २७ असार । ट्रक व्यवसायीहरूले साउन १ गतेदेखि कुनै पनि प्रकारको दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेका छन्।
राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समिति दाङको आयोजनामा दाङको घोराहीमा मंगलबार अपरान्ह प्रदेश नंं ५ र ६ का ढुवानी व्यवसायीहरूको संयुक्त भेलाले साउन १ गतेदेखि कुनै पनि प्रकारको दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेका छन् ।
दुई प्रदेशका ढुवानी व्यवसायीहरूको संयुक्त भेलाले साउन १ गतेदेखि समिति नरहने भएको हुँदा हाल लिँदै आएको ट्रिप शुल्क, हित कोष कुनै पनि नलिने र भइपरी आउने कुनै पनि दुर्घटनाको जिम्मेवारी नलिने निर्णय गरेको राप्ती अञ्चल संयुक्त ट्रक यातायात व्यवसायी समितिका प्रशासनिक सचिव उमेशचन्द मजगैंयाले जानकारी दिए।
दुई वटा प्रदेशका ७ संस्थाका अध्यक्ष, महासचिव र कोषाध्यक्ष सहभागी उक्त भेलामा अधिकांश व्यवसायीहरूले समिति खारेज गर्ने गरी नविकरण नगर्ने सरकारी नीतिको व्यापक आलोचना गरेका थिए।
उनले संस्था नविकरण नगर्ने निर्यणसंँगै आफूहरू अवैधानिक हुने भन्दै साउन १ गतेदेखि दुर्घटना लगाएका कुनै पनि घटनाको जिम्मेवारी आफुहरूले नलिने र त्यसको जिम्मा राज्यले लिनुपर्ने निर्णय भेलाले गरेको मजगैंयाले बताए।



















प्रतिक्रिया दिनुहोस्