
इटहरी, २७ असार । बालिकाको हत्या आरोपमा प्रहरीले इटहर्री एक जनालाई पक्राउ गरेको छ ।
उपमहानगरपालिका–१ माझी टोल बस्ने १७ वर्षीया उमा माझी लिम्बुलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
गत असार १ गते सोही स्थान बस्ने अर्जुन लिम्बुको ६ वर्षीया छोरी अपेक्षा लिम्बुको उनले हत्या गरेको प्रहरीले जनाएको छ।
खाना खाई सुतेकोमा असार २ गते कोठामा अपेक्षा बेहोस अवस्थामा फेला परेकी थिइन्। उपचारको लागि धरान घोपा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
हत्या गर्ने उमा अपेक्षाको सौतेनी आमा भएको र उनले घाँटी थिची हत्या गरेको खुलेको छ।



















प्रतिक्रिया दिनुहोस्