
काठमाडौँ, २६ असार । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को केन्द्रीय सचिवालयको अर्काे बैठक भोली बिहान बस्ने भएको छ । मंगलबार विहान बसेको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि अर्काे बैठक भोलीका लागि फेरि बैठक डाकिएको हो ।
बैठक भोली बिहान साढे ८ बजे बस्नेछ । यसअघि आज साँझै बैठक बस्ने भनिएको थियो । प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबारको बैठकमा संगठनात्मक संरचनाका बारेमा छलफल भएको बताए ।
श्रेष्ठले भोलिसम्म सम्ममा संगठनात्मक बिषय लगायतका बिषयमा टुंगो लगाइने दावीपनि गरे । पार्टी विधानको अभिन्न अंगको रुपमा लिइएको नियमावली समयमै बन्न नसक्दा नेकपाको एकता विस्तार हुन सकेको छैन ।
विधान अन्तर्गतको नियमावली टुङ्गिएपछि प्रदेश, जिल्ला, स्थानीय तह र जनवर्गीय संगठनहरुको समेत एकता प्रक्रिया सुरु हुनेछ ।



















प्रतिक्रिया दिनुहोस्