
काठमाडौं,२६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आफू इन्टरनेटको सेवा शुल्क बढाउने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ । मंगलबार काठमाडौंमा आयोजित ‘प्रवक्ता र सूचना अधिकारीहरुको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन ।
सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले इन्टरनेट सेवा शुल्क बढाउने कि नबढाउने भन्ने विषयमा तत्काल निर्णय लिन पनि आफ्नो मन्त्रालय र सचिवलाई सचेत गराए ।
उहाँले निजी क्षेत्रले इन्टरनेट सेवा शुल्क बढाउन खोजेपछि सरकारले के गर्छ भन्ने प्रश्नको जवाफ मन्त्रीले नभई मन्त्रालयले दिनुपर्ने दावी समेत गर्नु भयो । इन्टरनेट सेवा शुल्क बढाउने विषयमा ‘आफूलाई धेरै थाहा नहुने’ मन्त्री बास्कोटाको भनाई छ । स्रोत, साधनको अभावमा सरकारको प्रवक्ताले समेत सूचनालाई प्रभावकारी ढंगले सम्प्रेषण गर्न नसकेको उहाँको स्वीकारोक्ति थियो
मन्त्री बास्कोटाले प्रवक्ता र सूचना अधिकारीहरुको भूमिकालाई प्रभावकारी बनाउनेगरी प्रविधि र स्रोत, साधनको उचित व्यवस्था गर्नुपर्नेमा पनि जोड दिए । ।







प्रतिक्रिया दिनुहोस्