
काठमाडौं, २६ असार । पछिल्लो समयमा नेपालीहरु भारतमा समेत सुनसहित पक्राउ पर्नथालेका छन् । गएको शनिबार भारतको सिलिगुडीबाट एक जना नेपाली नागरिक १० किलो सुनसहित पक्राउ छन् ।
चर्चित ‘हुन्डी र सुन कारोबारी’ सन्तोष जैनका छोरा ‘राजा’ भनिने सौरभ १० किलो सुनसहित शनिबार पक्राउ परेका हुन् ।
वीरगंज महानगरपालिका वडा नं–६ रेशमकोठीका बासिन्दा सौरभ र उनका चालक दिलीप चौरसियालाई भारतको राजस्व निर्देशनालय (डिआरआई) को टोलीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सिलीगुडीबाट मुज्जफरपुर आउने क्रममा फुलवाडी–घोषपुकुर सडकखण्डबाट दुबै जनालाई पक्राउ गरिएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।
पक्राउ परेका दुबैलाई आइतबार अदालतमा पेस गरी न्यायिक हिरासतमा राखी अनुसन्धान हुँदैछ। पक्राउ परेका जैन र चौरसियासँग नेपाली नागरिकता फेला परेको अन्सन्धान टोलीले जनाएको छ ।
भारत बिहार, राज्य, पूर्वी चम्पारण घर भएका जैनले ०६३ सालमा नेपाली जन्मसिद्ध नागरिकता लिएका हुन् भने चौरसियाको वंशजको नागरिकता छ । सौरभ जैन वीरगंजमा भएको हुन्डीकाण्डका फरार अभियुक्त हुन् ।



















प्रतिक्रिया दिनुहोस्