
काठमाडौं, २६ असार। पाँचथरमा मंगलबार बिहान मे १ ज २०५१ नम्बरको जीप दुर्घटना हुँदा १ जनाको मृत्यु ९ जना घाइते भएका छन् ।
जिल्लाको याङबर गाउँपालिका ३, भएको दुर्घटनामा च्याङथापु–१ का कैलाश अधिकारीको मृत्यु भएको हो । जीपमा चालकसहित १० जना सवार रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरले घटनास्थलमै १ जनाको मृत्यु भएको पुष्टि गर्दै घाइते ९ जनाको उद्धार गरेर अस्पताल लगिएको जानकारी दिएको छ ।



















प्रतिक्रिया दिनुहोस्