काठमाडौं ,२५ असार । महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले बालबालिकाको हक तथा अधिकार संरक्षणका बिषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।
राष्ट्रियसभाको सोमबारको बैठकमा आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदै बालबालिका सम्बन्धी ऐन तर्जुमा गरिएको पनि बताउनुभयो । उहाँले केही समययता मुलुकका विभिन्न भागबाट ८ सय ९९ बाल बालिकाकालाई उद्धार गरिएको जानकारी दिनुभयो ।
उहाले ज्येष्ठ नागरिकलाई हक, अधिकार र सुविधा प्रदान गर्ने सन्दर्भमा बीमा, सामाजिक सुरक्षाका साथै राष्ट्रिय ज्येष्ठ नागरिक नीति अघि बढाइएको जानकारी दिँदै महिला विरुद्ध हुने हिंसा न्यूनीकरण मात्रै हैन निवारण नै गरिने अठोट व्यक्त गर्नुभयो ।
महिला विरुद्ध हुने हिंसा अन्त्य र पीडितलाई क्षतिपूर्ति हुने गरी कार्यक्रम अघि बढाइने र ज्येष्ठ नागरिकको हितका लागि सेवा केन्द्र खोलिने उहाले जानकारी दिनुभयो ।
त्यस्तै उहाले अनुदान दिने अपांगता भएका व्यक्तिको क्षेत्रमा काम गरिरहेको संस्थाको अनुगमन भइरहेको जानकारी पनि दिनुभयो ।
मन्त्री थापाले नागरिकता नपाएका बालबालिकालाई कसरी सहज ढंगबाट सेवा प्रदान गर्न सकिन्छ, भन्नेमा सरकार सजग र सचेत रहेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्