ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सूचना प्रविधि शिक्षाको छात्रवृत्ति प्रदान गरिने


bhawani desk
असार २५, २०७५ सोमबार  १० : ३५ बजे

सुर्खेत, २५ असार । कम्प्यूटर एशोसियशन नेपाल महासंघ (क्यान) ले सूचना, प्रविधिमा दखलता राख्ने मुलुकका ४९ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँको सहकार्यमा एक प्रदेशबाट सातजना पर्ने गरी ‘क्यान नेशनल आइसिटी स्कलरसिप २०७५’ प्रदान गर्ने सार्वजनिक गरेको हो ।

सम्मलेनमा महासंघका केन्द्रीय अध्यक्ष नवराज कुँवरले सूचना, सञ्चार र प्रविधिमा सक्षमता देखाउन सक्ने सबै प्रदेशका महिलालाई पहिलो प्राथमिकता दिएको बताउनुभयो ।

उहाँले फिमेल मेरिट आइसिटी स्कलरसिपबाट चार र आइसिटी मेरिट स्कलरसिपबाट तीन जना गरी एक प्रदेशबाट सातजनालाई छात्रवृत्ति प्रदान गरिने जनाउनुभयो । “छात्रवृत्ति प्राप्त विद्यार्थीले मलेशियाको एशिया प्यासेफिक युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड इनोभेसनको सम्बन्धनमा सञ्चालित लर्डबुद्ध एजुकेसन फाउण्डेसन काठमाडौँमा स्नातक तहअन्तर्गत बिएस्सी आइटीको अध्ययन गर्न पाउने छन्,” उहाँले भन्नुभयो ।

क्यान महासंघ कर्णाली प्रदेशका अध्यक्ष पूर्णदेव अधिकारीले सरकारको मान्यता प्राप्त शिक्षण संस्थाबाट ५० प्रतिशत अंकसहित कक्षा १२ वा सोसरह अध्ययन गरेको र कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत ल्याएकाले आवेदन दिन पाउने जनाउनुभयो । त्यसको साथै सिटिइभिटीबाट कम्प्यूटर इञ्जिनियङिमा स्नातक गरेकाले पनि छात्रवृत्तिका लागि दरखास्त हाल्न पाउने उहाँले बताउनुभयो ।

छात्रवृत्तिका लागि साउन ९ गतेसम्म अन्तिम मिति राखेको क्यान महासंघले केन्द्र प्रदेश र जिल्लास्तरको छात्रवृत्ति छनोट समिति गठन गर्ने जनाएको छ । कार्यक्रममा कर्णालीका दुर्गम जिल्लाका गरीब, विपन्न र जेहेन्दार विद्यार्थीलाई विशेष प्राथमिकता दिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालका जेनजी युवा लक्षित गरी चीनले ल्यायो ‘युथ पायोनियर प्रोग्राम’

न्यायपूर्ण फैसला, हारजितको विषय होइन–महामन्त्रीद्वय

सम्बन्धित

आज आंशिक बदली, मौसम मुख्यतया सफा

प्रधानमन्त्रीको ‘गोप्य फोन लाइन’ : मन्त्रीका लागि छुट्टै सेट र सिम, बढ्यो चासो र शंका

बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी

विद्यालय सञ्चालन मिति विवाद र शिक्षा नीति अस्पष्टताबारे शिक्षाविद्हरूको चिन्ता (भिडियोसहित)

एनआरएनए लगानी सकारात्मक: एनआरएनए उपाध्यक्ष , प्रधान भिडियो

२४ घण्टामै लाइसेन्स छापिने व्यवस्था सुरु, सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्र निरीक्षण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com