
काठमाडौं, २४ असार । नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको १२ औ महाधिबेशनकोलागी बाटो खुलेको नेविसंघले जनाएको छ ।
केन्द्रिय समितिमा पौडेल , शशांक , निलकण्ठ र सिटौला पक्षकालाई अध्यक्ष महरले मनोनित गरेपछि महाधिवेशनको ढोका खुलेको हो । अव संगठन एकताबद्ध भएर महाधिवेशनमा जाने पौडेल पक्षले जनाएको छ ।
महाधिबेशनमा उम्मेदवारी दिनको लागी ४० वर्ष तोकेपछि महाधिबेशनमा लडन नपाउने भएपछि केही विद्यार्थी नेताहरुले संगठन भित्र भाँडभैलो मच्चाउन थालेको एक विद्यार्थी नेताले बताएका छन । महत्वपुर्ण पदमा रामचन्द्र र सिटौला पक्षका ब्यक्ति ल्याए पछि महाधिवेशन विरोधी क्रियाकलाप हुन थालेको विद्यार्थी नेताहरुले बताएका छन ।



















प्रतिक्रिया दिनुहोस्