ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानद्वारा तेल बजारलाई अस्थिर बनाएको भन्दै अमेरिकी राष्ट्रपतिको आलोचना


ABC NEWS
असार २३, २०७५ शनिबार  ८ : २३ बजे

तेहरान, इरान, २३ असार (एएफपी) : इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलियम बजारलाई अस्थिर बनाएको आरोप लगाएको छ ।
शनिबार इरानी तेल मन्त्री बिजान नामदार जानगनेहले राष्ट्रिय टेलिभिजनमा बोल्नुहुँदै भन्नुभयो, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ट्वीटरमार्फत तेल निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक)बारे एक पछि अर्को गर्दै संप्रेषित सन्देशले विश्व तेल बजारलाई अस्थिर बनाएको दावी गर्नुभयो ।
“आजभोलि तेलको मूल्य ट्रम्पको व्यवहारमा आश्रित बनेको छ,” उहाँले भन्नुभयो ।
जानगनेहले भन्नुभयो, “हरेक दिन ट्रम्पले तेल बजारलाई प्रभावित पार्नेगरी नयाँ सन्देश सम्प्रेषण गर्ने गर्नुभएको छ । उहाँले ओपेक सदस्य राष्ट्रलाई अनादर हुनेगरी आदेश दिने गर्नुभएको छ वा उनीहरूलाई तेल उत्पादन दर बढाउन निर्देशन दिने गर्नुभएको छ ।”
“यिनीहरू ओपेक सदस्य राष्ट्रका जनता तथा राष्ट्रियता र सार्वभौमसत्ता विपरित अभिव्यक्ति हुन् र यसले तेलको मुल्यलाई पनि अस्थिर बनाउँछ,” उहाँले थप्नुभयो ।
पछिल्लो पटक गत बुधबार संप्रेषित ट्वीटमा ट्रम्पले ग्यासको मूल्य बढेको र यसलाई नियन्त्रणमा राख्न ओपेकको एकाधिकारलाई जिम्मेवार मान्नुपर्ने बताउनुभएको थियो ।
अमेरिकाले इरानबाहेकका ओपेक सदस्य खासगरी साउदी अरबलाई तेल उत्पादन बढाउन पटकपटक आग्रह गरेको थियो । अमेरिकी राष्ट्रपतिका पछिल्ला ट्वीट सन्देशमा अमेरिकाको मुख्य सहयोगी मानिने खाडी मुलुक साउदी अरबका राजाले उत्पादन बढाउन मञ्जुर देखिएको बताउनुभएको थियो ।
अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट फिर्ता भएको घोषणा गरिसकेको छ भने इरान विरुद्ध आर्थिक नाकावन्दीको पनि घोषणा गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने षड्यन्त्र जारी : शंकर पोखरेल

राष्ट्रपति, प्रधानमन्त्री र नेताहरूले शहीद सम्झिँदै भने–सपना पूरा गर्छौँ

सम्बन्धित

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

भारत र युरोपेली संघबीच ऐतिहासिक व्यापार सम्झौता सम्पन्न

दक्षिण कोरियाका पूर्वराष्ट्रपतिकी पत्नी किम कन–हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय

ट्रम्पको धम्की: अमेरिकी नौसैनिक टोली इरानतर्फ अघि बढ्यो, आक्रमण भयावह हुनसक्ने

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको विमान दुर्घटनामा निधन

बेलायतका प्रधानमन्त्री चीन भ्रमणमा : ७ वर्षपछि पहिलो उच्चस्तरीय भ्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com