ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानद्वारा तेल बजारलाई अस्थिर बनाएको भन्दै अमेरिकी राष्ट्रपतिको आलोचना


ABC NEWS
असार २३, २०७५ शनिबार   ८ : २३   बजे

तेहरान, इरान, २३ असार (एएफपी) : इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोलियम बजारलाई अस्थिर बनाएको आरोप लगाएको छ ।
शनिबार इरानी तेल मन्त्री बिजान नामदार जानगनेहले राष्ट्रिय टेलिभिजनमा बोल्नुहुँदै भन्नुभयो, अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा ट्वीटरमार्फत तेल निर्यात गर्ने राष्ट्रहरूको संगठन (ओपेक)बारे एक पछि अर्को गर्दै संप्रेषित सन्देशले विश्व तेल बजारलाई अस्थिर बनाएको दावी गर्नुभयो ।
“आजभोलि तेलको मूल्य ट्रम्पको व्यवहारमा आश्रित बनेको छ,” उहाँले भन्नुभयो ।
जानगनेहले भन्नुभयो, “हरेक दिन ट्रम्पले तेल बजारलाई प्रभावित पार्नेगरी नयाँ सन्देश सम्प्रेषण गर्ने गर्नुभएको छ । उहाँले ओपेक सदस्य राष्ट्रलाई अनादर हुनेगरी आदेश दिने गर्नुभएको छ वा उनीहरूलाई तेल उत्पादन दर बढाउन निर्देशन दिने गर्नुभएको छ ।”
“यिनीहरू ओपेक सदस्य राष्ट्रका जनता तथा राष्ट्रियता र सार्वभौमसत्ता विपरित अभिव्यक्ति हुन् र यसले तेलको मुल्यलाई पनि अस्थिर बनाउँछ,” उहाँले थप्नुभयो ।
पछिल्लो पटक गत बुधबार संप्रेषित ट्वीटमा ट्रम्पले ग्यासको मूल्य बढेको र यसलाई नियन्त्रणमा राख्न ओपेकको एकाधिकारलाई जिम्मेवार मान्नुपर्ने बताउनुभएको थियो ।
अमेरिकाले इरानबाहेकका ओपेक सदस्य खासगरी साउदी अरबलाई तेल उत्पादन बढाउन पटकपटक आग्रह गरेको थियो । अमेरिकी राष्ट्रपतिका पछिल्ला ट्वीट सन्देशमा अमेरिकाको मुख्य सहयोगी मानिने खाडी मुलुक साउदी अरबका राजाले उत्पादन बढाउन मञ्जुर देखिएको बताउनुभएको थियो ।
अमेरिकाले इरानसँगको आणविक सम्झौताबाट फिर्ता भएको घोषणा गरिसकेको छ भने इरान विरुद्ध आर्थिक नाकावन्दीको पनि घोषणा गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पश्चिम तराईमा अत्यधिक गर्मी

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

सम्बन्धित

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group