भक्तपुर, २३ असार । कुनै समयको भक्तपुरको कर्णाली भनेर चिनीने भत्तपुर सुर्यविनायक नगरपालिका वडा नं ८ मा विकास निमार्णका कार्य तीव्र गतिमा भइरहेका छन् । विकास निमार्णले प्राथमिकता पाएपछि स्थानीयहरु खुशी छन् । विगतमा डर त्रासका साथ हिड्नु पर्ने बाध्यतामा रहेका स्थानीयबासीन्दाहरु अहिले भने आफुहरुले नसोचेको विकास भएको बताउ छन् ।
भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ८ का विभिन्न स्थानमा धमाधम सडकहरु निमार्ण भइ रहेका छन । जहा सड्क निर्माण हुन्छ त्यहा विहानै देखि वडा नं ८ का वडा अध्यक्ष किरण थापासंगै हुन्छन् । वडाका विभिन्न स्थानमा जाने बाटो फराकिलो बनाउदा स्थानीय जनताहरुमा कुनै समस्या भएमा समाधान गर्न आफुले दैनिक सडक निर्माणलाई अनुगमन गरिरहेको वडा अध्यक्ष थापाको भनाइ छ ।
वडा भित्रका विभिन्न ठाउजाने बाटाहरु फराकिलो हुने भएपछि स्थानीय बासिन्दाहरु पनि खुशी छन् । कुनै बाटो १२ मिटर, कुनैबाटो ८ मिटर र कुनै ६ मिटर हुने भएपछि आफुहरुलाई अवका दिनमा आवतजावत गर्न सजिलो हुने स्थानीयको भनाइ छ ।
विगतमा बाटोको विकास नहुदा आफुहरुले विभिन्न समस्या भोगेको भएपनि अहिले आफुहरुका लागि बाटो महत्वपूर्ण भएको स्थानीयको भनाइ छ । कसैलाई काखा र कसैलाई पाखा नगरेको हुनाले विभिन्न ठाउमा निर्माण गरिएका बाटोमा कुनै विवाद नभएको स्थानीयको भनाइ छ ।
बाटो निर्माण गर्न स्थानीय सरकारको मात्रै भर नपरि प्रत्यक घरबाट पैसा उठाएर २ किलोमिटर बाटो निमार्ण गरेको उपभोक्ता समितिका अध्यक्षको भनाइ छ । सरकारको मात्रै मुख ताक्नु भन्दा स्थानीय जनताको सहभागितामा विकास निर्माणका कार्य गर्न सके सबैलाई राम्रो हुने उनको भनाइ छ ।
स्थानीय जनताको माग अनुसार नै आफुहरुले बाटो निर्माण गरेको वडा स्दस्यको भनाइ छ । उनले विगतमा स्थानीयबासीले कुनै काम गर्दा आफुहरुलाई समस्या भएको गुनासो गरेपनि अहिले आफुहरुलाई वडाले गरेका कार्यहरुमा रोकावट नभएको बताए । वडा कार्यालयले गरेका गतिविधिमा कसैले पनि तगारो बन्नेकाम नगरेको उनको दाबी छ ।सडकका लागि घरको आधा पर्खाल भत्किदा पनि आफुलाई कुनै दुख नभएको स्थानीयको भनाइ छ ।
सूर्यविनायक नगरपालिका वडा नं ८ ले गरेका विभिन्न कार्यहरु सर्वसाधारणको पक्षमा नभए जनताले नै जाच गर्ने अधिकार रहेको वडा अध्यक्ष थापाको भनाइ छ । विकास निर्माणले समृद्ध मुलुक बन्ने भएकाले नै आफु निर्वाचित भएपछि विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको उनको तर्क छ ।
आर्थिक रुपमा आफुले गल्ती गर्न नसक्ने भएकाले आफुलाई जनताले विश्वास गरिरहेको उनको भनाइ छ । सडक निर्माणका लागि कुनै पनि सथानमा जनताको भावना विपरितका कार्यभएमा आफुहरु जुन सुकै ठाउँमा उभिन तयार रहेको थापाको भनाइ छ ।
विकास हुनु सबैका लागि राम्रो कुरा हो तर विगतमा विकास नगरि विभिन्न बाहनामा आफ्नै खिल्ती भर्ने कार्य नभएका पनि होनन् । आफ्नो कार्यकालमा जनताको भावना विपरित कार्य गर्ने जो कसैलाई पनि नछोड्ने वडा अध्यक्ष थापाको प्रतिवद्धताले सार्थकता पाओस । प्रतिवद्धता कागजमा र शब्दमा मात्रै सिमित नहोस प्रत्यक्ष जनताको व्यवहारमा परिणत बन्न सकोस ।
भिडियो








प्रतिक्रिया दिनुहोस्