
काठमाडौं,२२ असार। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय सुनुवाइ समितिमा राष्ट्रियसभाका तर्फबाट प्रतिनिधित्व गर्नुहुने तीनजनाको नाम घोषणा गरेका छन् ।
आजको बैठकको प्रारम्भमा उनले राष्ट्रियसभाका तर्फबाट उक्त समितिमा सुमनराज प्याकुरेल, नन्दा चपाई र जितेन्द्रनारायण देवले प्रतिनिधित्व गर्ने जानकारी गराएकामा बैठकले उनिहरुको नाम स्वीकृत गरेको थियो ।
पन्ध्र सदस्यीय सुनुवाइ समितिमा प्रतिनिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीनजना मनोनयन गर्ने प्रावधान छ । उक्त समितिमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहनेछन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदीय समितिका सभापतिहरुको भागबण्डा हुनु पर्ने भन्दै नाम दिएको छैन । सभामुख कृष्णबहादुर महराले भने अब कांग्रेसलाई धेरै दिन पर्खिन नसक्ने बताएका छन् ।







प्रतिक्रिया दिनुहोस्