ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समुदायको सहयोगबाट दुर्गम विद्यालयमा विद्युतीय हाजिरी


bhawani desk
असार २२, २०७५ शुक्रबार  ११ : १२ बजे

सुर्खेत, २२ असार । जुम्लाको अत्यन्तै विकट मानिने साविकको ताम्ती गाविस एवं हालको तातोपानी गाउँपालिका–८ को कालिका मावि, टोप्लामा विद्युतीय हाजिरी शुरु गरिएको छ ।

सदरमुकाम जुम्ला खलंगादेखि ४१ किलोमिटर दूरीमा अवस्थित उक्त विद्यालयले यही १५ गतेदेखि विद्युतीय हाजिरी शुरु गरेको हो । विद्युतीय हाजिरी उद्घाटन गर्दै सो गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले सुगमका विद्यालयले गर्न नसकेको काम दुर्गमको विद्यालयले गरेर देखाउँदा भित्रैदेखि गर्व लागेर आएको बताए ।

‘इच्छाशक्ति भए भूगोल बाधक हुँदो रहेनछ भन्ने उदाहरण कालिका मावि परिवारले देखाएको छ, व्यवस्थापन समिति अध्यक्ष लगायत शिक्षक र सम्पूर्ण अभिभावकलाई हार्दिक धन्यवाद दिन चाहान्छु’, अध्यक्ष न्यौपानेले भने । विद्यालयले शिक्षा क्षेत्रमा पु-याएको योगदानको कदर गर्दै गाउँपालिकाले आगामी दिनमा आवश्यक सहयोग गर्ने उनले वचन दिए ।

सो माविका व्यवस्थापन समिति अध्यक्ष सुरतबहादुर शाहीले विद्यालयको शैक्षिक गुणस्तर बढाउन, शिक्षकलाई नियमित, अनुशासित र समुदायप्रति जिम्मेवार बनाउन विद्युतीय हाजिर शुरु गरिएको बताए । उनले विद्यालयमा कार्यरत शिक्षक एवं कर्मचारी सबैले बिहान ९ः४५ र बेलुका ४ः१५ बजे दुईपटक औँठा छापको विद्युतीय हाजिरी लगाउने पद्धति बसालिएको बताए ।

उनले विव्यसको अगुवाइ, शिक्षकको सक्रियता र समुदायको महत्वपूर्ण सहयोगबाट यो काम गर्न सकिएको बताए । यसको साथै कृषि प्राविधिक शिक्षा अध्ययन शुरु गर्ने उद्देश्यका साथ समुदायले १३ रोपनी क्षेत्रफलको जमीन निःशुल्क दिने प्रक्रियामा रहेको उनको भनाइ थियो । विद्यालय कक्षा १० सम्म भए पनि मावि शिक्षक दरबन्दी नहुँदा सञ्चालनमा कठिनाइ भएको उनले बताए ।

‘अहिले माविमा नौजना शिक्षकलाई निजी स्रोतबाट पाल्दै आएका छौँ । निमाविमा तीन राहत र प्राविमा तीनजना मात्र दरबन्दीका शिक्षक छन्’, अध्यक्ष शाहीले भने । उनले दुर्गमको शिक्षा अवस्थामा राज्य बेखबर रहेको दुखेसो गरे ।

विद्यालयले विद्युतीय हाजिरीको अभिलेखीकरण गर्न, प्रोजेक्टरद्वारा सार्वजनिक सुनुवाइ गर्न तथा अन्य गतिविधि सञ्चालनका लागि कम्प्यूटर अपरेटर राखेको छ । विद्युतीय हाजिरीलगायत अन्य सबै काम गर्न २४ सैँ घण्टा विद्युत्को व्यवस्था गरिएको र त्यो नहुँदा विकल्पमा सोलारको पनि प्रबन्ध मिलाइएको जनाइएको छ ।

माविका प्रधानाध्यापक मानबहादुर शाहीले राज्यको पर्खाइको पीडा सहन नसकेर समुदायका नागरिकले कमाइको केही अंश तिरेर विद्यालय सञ्चालन गर्दै आएको बताए ।

विद्युतीय हाजिरीले शिक्षकको नियमितता बढाउने र आफ्ना नानीहरुको शैक्षिक गुणस्तरमा टेवा पुग्ने अपेक्षा अभिभावकले गरेको प्रधानाध्यापक शाहीको भनाइ थियो । उनका अनुसार हाल उक्त विद्यालयमा १५ शिक्षक, तीन कर्मचारी कार्यरत र ४७४ बालबालिका अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com