ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पृथ्वी ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने नेतासहित ७ जनालाई मृत्युदण्ड


एबीसी न्यूज
असार २२, २०७५ शुक्रबार   १० : २४   बजे


काठमाडौं, २२ असार । ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने र २३ वर्षअघि टोकियोको एक सब–वेमा गरिएको रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार सोको आसहारालाई जापान सरकारले मृत्युदण्ड दिएको छ ।

आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको हो ।
आसहारा ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने अम सिनरिक्यो समूहका नेता हुन् । उनी सन् १९९५ को २० मार्चमा स्नायू प्रणालीमा असर पुर्‍याउने रसायनिक ग्यास आक्रमणको मुख्य योजनाकार पनि हुन् । जापानको अहिलेसम्मकै हिंसात्मक मानिने उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

त्यसपछिका महिनाहरूमा उक्त सम्प्रदायका सदस्यहरूले विभिन्न स्थानमा हाइड्रोजन साइनाइडको प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेका थिए । कम अपराध हुने र सामाजिक एकताको नमूना देश मानिने जापान उक्त आक्रमणपछि स्तब्ध बनेको थियो । उक्त घटनामा संलग्न भएको भन्दै दर्जनौंलाई अभियोग लगाइएको थियो । उनीहरुमध्ये मुख्य योजनाकार आसहारा सहित १३ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो । अझै ६ जना मृत्युदण्डको मिति पर्खेका छन् ।

अम सिनरिक्यो सम्प्रदाय के होर ?
आफ्नो नामको अर्थ – सर्वोच्च सत्यु भएको यो सम्प्रदायले सन् १९८० को दशकमा हिन्दु र बौद्ध आस्थालाई मिलाएर पछि पृथ्वी अन्ततस् विनाश हुने इसाई धर्मको मान्यताका केही अवधारणाहरू पनि लिएको थियो।

यो समूहका संस्थापक सोको आसहाराले आफूलाई क्राइस्ट र बुद्धपछि पहिलो पटक ुज्ञान प्राप्त भएकोु बताएका थिए।

अम सनरिक्योले सन् १९८९ मा जापानमा धार्मिक संस्थाको मान्यता पाएको थियो र उसका अनुयायीहरू उल्लेख्य संख्यामा विश्वभर थिए। उक्त संस्था आफ्नो उचाइमा रहँदा उसका दशौँ हजार समर्थक विश्वभर थिए।

तर बिस्तारै उक्त समूह विश्व समाप्त हुने अवधारणातर्फ लाग्यो र विश्वव्यापी युद्धका कारण पृथ्वी मासिने र आफूहरूमात्रै जीवित रहने विश्वास गर्न थाल्यो।

सन् १९९५ को आक्रमणपछि उक्त सम्प्रदाय भूमिगत भएपनि हराइ चाँहि हालेन। उसले आफूलाई एलेफ वा हिकारी नो वा भन्दै पुर्ननामाकरण गरेको थियो।

अम सिनरिक्योलाई संयुक्त राज्य अमेरिका र अन्य कैयौं देशहरूले आतंकवादी संगठनको सूचीमा राखेका छन्। एलेफ र हिकारी नो वा दुवै समूह जापानमा वैध छन् तर उनीहरूलाई ुखतरनाक धर्मु भन्दै निगरानी गर्ने गरिएको छ।

उनीहरूका जापान र अन्य देशहरूमा पनि अनुयायीहरू छन्।

सन् २०१६ मा रूसको प्रहरीले उक्त सम्प्रदायका संदिग्ध सदस्यको खोजीका क्रममा मस्को र सेन्ट पिटर्सवर्गमा छापा मारेको थियो। विविसी बाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group