ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप फुटबल : आजदेखि क्वार्टरफाइनलका खेल हुँदै , पाँचपटक विश्व विजेता ब्राजिलसहित को –को छन् विश्व कपको दावेदार


एबीसी न्यूज
असार २२, २०७५ शुक्रबार   ८ : ५०   बजे

काठमाडौँ, २२ असार । विश्वकप फुटबल प्रतियोगितामा आजदेखि क्वार्टरफाइनलका खेल हुँदैछन् । पहिलो क्वार्टरफाइनलमा आज फ्रान्स र उरुग्वे तथा बेल्जियम र ब्राजिल खेल्नेछन् ।

फ्रान्स र उरुग्वे बेलुकी पौने आठ बजे र राति पौने १२ बजे बेल्जियम र ब्राजिल खेल्नेछन् । सन् १९९८ को विश्व विजेता फ्रान्स अन्तिमपटक सन् २००६ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो । उरुग्वे अन्तिमपटक सन् २०१० को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो ।

यस्तै पाँचपटकको विजेता र दुई पटकको उपविजेता ब्राजिल सन् २००२ मा विजेता बनेपछिका लगातार दुई संस्करणमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो भने लगातार दोस्रोपटक क्वाटरफाइनल पुगेको बेल्जियम अन्तिमपटक सन् १९८६ को विश्वकपमा मात्र सेमिफाइनल पुगेको थियो । विश्वकपमा भोली क्रोएसिया र रुस तथा इङ्ल्यान्ड र स्वीडेन खेल्नेछन् ।

रुस विश्वकपको अन्तिम आठसम्म आइपुग्दा विश्वकपका दाबेदार मानिएका जर्मनी, अर्जेन्टिना, पोर्चुगल, स्पेन, मेक्सिकोजस्ता टोलीहरू घर फर्किए भने थुप्रै उत्कृष्ट खेलाडीको प्रदर्शन निराशाजनक रह्यो ।

प्रतियोगितामा कम चर्चित खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै आफ्ना टिमलाई अघि बढाएका छन् । अघिल्लो विजेता जर्मनी समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग पराजित हुँदै घर फर्कन बाध्य भयो भने उपविजेता अर्जेन्टिना प्रिक्वाटर फाइलनमा फ्रान्ससँग पराजित हुँदै घर फर्किएको छ ।

त्यसैगरी स्पेन आयोजक रुससँग, पोर्चुगल उरुग्वेसँग र मेक्सिको ब्राजिलसँग पराजित हुँदै प्रिक्वाटर फाइलनबाट घर फर्किए ।

प्रतियोगितामा पाँच पटकको विजेता ब्राजिल र एक पटकको विजेता फ्रान्सको प्रदर्शन भने उत्कृष्ट रहँदै आएको छ ।

प्रतियोगितामा उत्कृष्ट मानिएका अर्जेन्टिनाका लियोनल मेस्सी, इजिप्टका मोहमद सलाह, कोलम्बियाका जेम्स रोड्रिगेज, जर्मनीका थोमम मुलर, स्पेनका मार्को एसेन्सियो र आन्द्रे इनिस्टाजस्ता खेलाडीको प्रदर्शन निराशाजनक देखियो ।

प्रतियोगितामा स्विडेनका भिक्टर लिन्डेलोफ, रुसका गोलकिपर इगोर अकिनफेभ, रुसकै राइटब्याक मारियो फर्नान्डेज, उरुग्वेका डियगो लाक्साल्ट, फ्रान्सका पाउल पोग्बा, जापानका ताकासी इनुई, फ्रान्सका कलियन एमबाप्पे, उरुग्वेका एडिन्सन काभानी, ब्राजिलका नेयमार जुनियरको प्रदर्शन सबैका लागि आकर्षक रह्यो ।

चर्चा ‘गोल्डेन बुट’को

विश्वकपमा क्वाटरफाइनल प्रवेश गर्ने आठ टोलीको टुंगो लागेसँगै गोल्डेन बुटको चर्चा हुन थालेको छ । विश्वकपको उपाधि कसले जित्ने भन्ने चासो जति छ, गोल्डेन बुटबारे पनि उत्तिकै उत्सुकता देखिन्छ ।

गोल्डेन बुटको दौडमा यसपटक इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । जारी विश्वकपमा उनले छ गोल गरिसकेका छन् । छ गोल गरेका केनले तीन गोल भने पेनाल्टीमार्फत गरेका हुन् ।

गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पच्छ्याइरहेका छन् । उनको गोल संख्या चार छ । समूह चरणको पहिलो खेलमा स्पनेविरुद्ध ह्याट्रिक गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि चार गोल नै गरेका छन् । पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले ‘गोल्डेन बुट’मा उनको कुनै चुनौती छैन ।

त्यस्तै ३ गोल गरेका उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेको पनि सम्भावना अझै सकिएको छैन ।

क्वाटर फाइनल पुग्ने आठ टोलीमध्ये चारवटा विश्व विजेता बनिसकेका टोली हुन् भने चारवटाले प्रतियोगिताको उपाधि जित्न सकेका छैनन् ।

ब्राजिल सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ को विजेता हो । उरुग्वेले पहिलो विश्वकप सन् १९३० र १९५०, फ्रान्स सन् १९९८ र इङ्ल्याण्ड सन् १९६६ को विजेता हुन् ।

त्यसैगरी क्वाटर फाइनलमा पुगेका बेल्जियम, क्रोएसिया, स्वीडेन र रसियामध्ये अहिलेसम्म स्वीडेन १९५८ मा ब्राजिलसँग फाइनमा पराजित भएको हो । आयोजक रसिया पहिलो पटक क्वाटर फाइनल पुगेको हो । बेल्जिम सेमिफाइनसम्म पुगेको टोली हो ।

प्रतियोगितामा नव प्रवेशी पानामा र आइसल्याण्डले खासै प्रदर्शन गर्न सकेनन् । आइसल्याण्डले पहिलो खेलमा दुई पटकको विश्व विजेता अर्जेन्टिनालाई बराबरीमा रोक्न सफल भए पनि पछिल्ला दुई खेल क्रमशः नाइजेरिया र क्रोएसियासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो । पानामाले बेल्जियम, इङ्ल्याण्ड र ट्युनिसियासँग पराजित हुँदै घर फर्कियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

रास्वपाको प्रथम महाधिवेशनमा शीर्ष नेताहरूको जमघट, ओली–प्रचण्ड अनुपस्थित, गगन थापा सहभागी हुने

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group