
काठमाडौं,२१ असार। सरकारमाथि चौतर्फी आक्रमण भइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । पार्टीकै नेताहरुले समेत नबुझेर बोलेको भन्दै उहाँले एकतावद्ध भएर आक्रमणको
प्रतिवाद गर्नुपर्नेमा जोडदिनुभयो ।
बुधबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले सरकारले सकारात्मक रुपमै काम गरिरहेको दाबी गर्नुभयो।
तर, सरकारमाथि चौतर्फी प्रहार भइरहेको बताउदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘चाहे गोविन्द केसीको कुरा लिएर होस्, चाहे अरु कुरामा होस् । सबै मिलेर सरकारलाई प्रहार गर्ने काम भइरहेको छ । हामीले दृढतापूर्वक प्रतिवाद गर्नुपर्छ ।’
त्यसका लागि चाहिने एकता र दृढता पार्टी नेताहरुमा नदेखिएको भन्दै उनले असन्तुष्टि जनाउनुभयो।
केन्द्रसँग प्रदेश र स्थायी सरकारको कामकारबाहीबारे समीक्षा गर्न छिट्टै स्थायी कमिटीको अर्को बैठक बोलाइने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकमा पार्टीको विधान र नियमावलीबारे नेताहरुले सुझाव दिएका छन् र त्यसलाई समेटेर अन्तिम रुप दिने जिम्मेवारी सचिवालयलाई दिएको उहाले बताउनुभयो ।







प्रतिक्रिया दिनुहोस्