ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्र प्रमुख किन नेपाल आउँदैनन् ?


admin

काठमाडौं, १ भदौं । चीन नेपालको उत्तरी छिमेकी । उत्तरमा नेपाल र चीनको सिमा जोडिन्छ । त्यसैले चीन नेपालका लागि भारत जतिकै महत्वको छिमेकी हो । नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ । नेपालका लागि चीन छिमेकी राष्ट्र मात्र नभएर हरेक दृष्टिकोणले प्रथामिकतामा पर्छ ।

विश्व शक्ति चीनबाट नेपालले आर्थिक विकासका लागि धेरै सहयोग लिन सक्छ । त्यसैले नेपालका लागि चीन प्रथामिकताको राष्ट्र हो । चीनले समेत नेपाललाई आफु अनुकुल प्रथामिकतामा राख्ने प्रयत्न गर्छ । सामरिक महत्वयको देश नेपालसँग सम्बन्ध राम्रो बनाउँदा चीनलाई वेफाइदा छैन । त्यसैले बेला–बेला चिनियाँ राष्ट्र प्रमुख तथा उच्चपदस्थ नेपाल भ्रमणमा आउने गरेका छन् । तुलनात्मक रुपमा नेपालका राष्ट्र प्रमुख र उच्चपदस्तले नै चीनको बढी भ्रमण गर्ने गरेका छन् । यसले, नेपाल र चीनबीच राजनीतिक रुपमा समेत बलियो सम्बन्ध रहेको प्रष्ट हुन्छ ।

नेपालका राष्ट्र प्रमुखले चीनको भ्रमण गर्नुमा नेपाली स्वार्थ बढी हुनसक्छ । र, चीनका राष्ट्र प्रमुख वा उच्चपदस्तले नेपालको भ्रमण गर्नुमा पनि चिनियाँ पक्षको विषेश स्वार्थ हुनसक्छ । तर, चिनियाँ उच्चपदस्तले नेपालको भ्रमण गर्दा नेपालका लागि बढी फाइदा हुन्छ ।

दुई देशका राष्ट्र प्रमुखहरुको भ्रमणमा हुने सम्झौताहरुले दुबै देशलाई फाइदा पुग्ने गरेको छ । त्यति मात्र होइन ठूला र शक्तिशाली राष्ट्रका राष्ट्र प्रमुखले साना र विकासोन्खुम मुलुकको भ्रमण गर्नाले विश्वमा सकारात्मक सन्देश जान्छ । त्यसैले विश्व शक्ति राष्ट्र चीनका राष्ट्र प्रमुखले नेपालको भ्रमरण गरुन भन्ने नेपाली पक्षले अपेक्षा गर्नु स्वभाविक हो । नेपालमा छोटो–छोटो समयमै प्रधानमन्त्री परिवर्तन हुन्छन् । र, सबै प्रधानन्त्रीले चीनको भ्रमण गर्ने गरेका छन् । तर, चिनियाँ राष्ट्र प्रमुख तथा उच्चपदस्तबाट नेपालको भ्रमण कमै मात्र भएको छ ।

झो रोङजी

डेढ दशकमा दुई उच्चस्तरीय भ्रमण
नेपालमा पछिल्लो पटक सन २००१ मा तत्कालिन चिनियाँ प्रधानमन्त्री झो रोङजीले नेपालको भ्रमण गरेका थिए । त्यो समयका प्रधनमन्त्री झो रोङजीले नेपाल भ्रमणका क्रममा नेपालमा शान्ति स्थापना आवश्यक रहेको बताएका थिए । संकटकालको समयमा नेपाल आएका झो रोङजीले नेपालमा बसोबास गर्ने तिब्बती शरणार्थी, चीनको एक चीन नीति लगायका विषयमा नेपाली पक्षसँग छलफल गरेका थिए । तर, झो रोङजीको भ्रमणपछि एक दशक चिनियाँ उच्चपदस्तले नेपाली भूमी टेकेनन् ।

 

वेन जियाबाओ

२००१ मा प्रधनमन्त्री झो रोङजीले नेपाल भ्रमण गरेको ११ वर्षपछि सन २०१२ मा तत्कालिन चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले नेपालको भ्रमण गरेका थिए । वेन जियाबाओले नेपालकै लागि मात्र भ्रमण तालिका बनाएका भने होइनन् । अरु देशको भ्रमणमा निस्कदा उनले नेपालमा पनि चार घण्टा विताएका थिए । प्रधनमन्त्री वेन जियाबाओको भ्रमणको समय माओवादी लडाकुको व्यवस्थापनका लागि चीनले नेपाललाई २० मिलियन डलर अनुदान दिने सम्झौता भएको थियो । वेन जियाबाओले नेपाल भ्रमण गरेपछि धेरै पटक चिनियाँ राष्ट्र प्रमुखले नेपालको भ्रमण गर्ने भनिएको थियो । धेरै पहलहरु समेत भएका थिए ।

केपी ओली प्रधानमन्त्री रहेको बेला चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाल भ्रमण गर्ने चर्चा चलेको थियो । त्यो चर्चा प्रचण्ड प्रधानमन्त्री रहेको बेला पनि चलेको थियो । तर, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको योजना नै खारेजिमा पर्‍यो । यो अर्थमा चिनियाँ राष्ट्र प्रमुखले नेपालको भ्रमण गर्ने भनिएता पनि सन २०१२ पछि उच्चपदस्तको नेपाल भ्रमण हुन सकेको थिए । उद्यपि, अन्य भ्रमणहरु भने चलिनै रहेको थियो । भूकम्पपछि काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय सम्मेलनमा चिनियाँ परराष्ट्र मन्त्री वाङ यी नेपाल आएका थिए । तर, चिनियाँ प्रधानमन्त्री वा उपप्रधानमन्त्रीले नेपालको भ्रमण नगरेको पाँच वर्ष वितिसकेको थियो ।

पाँच वर्ष पछि भने फेरी चीनका उपप्रधानमन्त्री वाङ याङले नेपालको भ्रमण गरेका छन् । तर, नेपालमा चिनियाँ पक्षका उच्चस्तरीय भ्रमण पातलो छ । चिनियाँ पक्षका लागि नेपाल सबै विषयमा प्राथामिकतामा नपर्न सक्छ । त्यसैले पनि चिनियाँ राष्ट्र प्रमुखले नेपालको भ्रमण आवश्यक नठानेको हुनसक्छ । तर, चीन अध्ययन केन्द्रका महासचिव प्राध्यापक डाक्टर उपेन्द्र गौतम भने नेपाली पक्षबाट पहल नहुँदा चिनियाँ पक्षको उच्चस्तरीय भ्रमण हन नसकेको बताउँछन् ।

वाङ याङले नेपाल भ्रमण गर्नुको अर्थ
विश्व शक्ति राष्ट्र चीनले वान बेल्ट वान रोड (ओबीआर)को महत्वकांक्षी योजना अघि सारेको छ । चीनको ओबीआर योजना नेपालले सहभागीता जानाउने यस अघि नै सम्झौता भइसकेको छ । प्रचण्ड प्रधानमन्त्री भएको बेला ओबीआरमा हस्ताक्षर भएको छ । यतिबेला चीनको मुख्य प्राथामिकता ओबीर सम्पन्न गर्नु पनि हो । ओबीर योजना सफल पार्न चीन कृयाशील छ । त्यसैले पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालको भ्रमण गरेका हुनसक्छ । त्यति मात्र होइन, चीनको उच्चस्तरीय टोलीले रणनीतिक महत्वको समयमा नेपालको भ्रमण गरेका छन् ।

यतिखेर चीन र भारतीबच सिमा विवाद चुलिएको छ । चीन र भुटानको सिमा क्षेत्र दोक्लमको विवादले चीन र भारतबीच तनाव बढेको छ । यत्ति नै बेला प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको भ्रमण तय गरेका छन् । प्रधानमन्त्री देउवाको भारत भ्रमणको क्रममा नेपालले दोक्लमबारे तटस्थता कामय राखोस भन्ने चाहनाले पनि चिनियाँ टोलीले नेपालको भ्रमण गरेको हुनसक्ने चीन जानकारहरु बताउँछन् । तर, चीन अध्ययन केन्द्रका महासचिव गौतम भने नेपालसँगको सम्बन्धन निरन्तरता ल्याउन उपप्रधानमन्त्रीले नेपालको भ्रमण गरेको बताउँछन् ।

राजनीतिक रुपमा सबै देशका आ–आफ्नै नीति र स्वार्थहरु हुनसक्छन् । त्यही नीति र स्वार्थ अनुसार राष्ट्र प्रमुहरुले विभिन्न देशको भ्रमण गर्ने गरेका छन् । यही आधारमा भन्ने हो भने चीनले नेपाली पक्षसँग खासै ठूलो राजनीतिक अपेक्षा गर्दैन । तर, खास विशेष परिस्थितिमा नेपालसँग पनि चीनले विषेश अपेक्षा राख्छ । त्यसैले चीनले नेपालमा विशेष परिस्थितिमा मात्र भ्रमण गर्ने गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com