ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यमनमा तीन वर्षमा २२ सय बालबालिका मारिए : युनिसेफ


एबीसी न्यूज

जेनेभा, २०  असार । यमनमा भएको द्वन्द्वका कारण अहिलेसम्म दुई हजार दुई सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय निकायले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा तीन वर्षदेखिको द्वन्द्वका क्रममा यति ठूलो संख्यामा बालबालिका मारिएको उल्लेख छ ।

द्वन्द्वको चपेटामा परेर अरू कैयौँ बालबालिका भोकमरीमा पर्नुका साथै विस्थापितसमेत भएको प्रतिवेदनमा जनाइएको छ ।

“अहिले चलिरहेको द्वन्द्वका कारण यमनका बालबालिकामा परेको असरले मुलुकलाई नै नराम्रो अवस्थातर्फ धकेलेको छ,” राष्ट्रसंघअन्तर्गतको बालबालिकासम्बन्धी निकायका कार्यकारी निर्देशक हेनरिट फोरले भन्नुभयो । द्वन्द्वग्रस्त मुलुकको स्थलगत अवलोकन गरी उहाँ हालै मात्र जेनेभा फर्किनुभएको हो ।

साउदी अरब नेतृत्वको गठबन्धन सेनाले कारबाही गर्दा भएका लडाइँमा परी यमनमा तीन वर्षमा झण्डै दश हजार जना मारिएका छन् । यमनमा सन् २०१५ देखि यो द्वन्द्व शुरु भएको हो ।

द्वन्द्वका क्रममा ३४ हजार बालबालिका घाइते भएको पनि राष्ट्रसंघीय निकाय युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

“यो त हामीले पहिचान गर्न र भेट्टाउन सकिएको तथ्यांक मात्रै हो, मृत्यु हुने, घाइते हुने र पीडित हुने बालबालिकाको वास्तविक संख्या योभन्दा पनि बढी हुन सक्छ,” युनिसेफका कार्यकारी निर्देशकले भन्नुभयो ।

यति धेरै मान्छे मारिएको, घाइते भएको र प्रभावित भएको द्वन्द्वको अहिलेसम्म कुनै औचित्य नदेखिएको पनि उहाँले बताउनुभयो ।

द्वन्द्वका कारण धेरै बालबालिका विद्यालय जान नसकेको विषयमा पनि उहाँले सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहेको पत्रकारहरूलाई जानकारी दिनुभयो ।

बालबालिका भोकमरीसँगै झाडापखालाजस्ता विभिन्न रोगको प्रकोपमा परेर दयनीय अवस्थामा रहेको पनि युनिसेफले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com