ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यमनमा तीन वर्षमा २२ सय बालबालिका मारिए : युनिसेफ


एबीसी न्यूज
असार २०, २०७५ बुधबार   ७ : ५३   बजे

जेनेभा, २०  असार । यमनमा भएको द्वन्द्वका कारण अहिलेसम्म दुई हजार दुई सय बालबालिकाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय निकायले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा तीन वर्षदेखिको द्वन्द्वका क्रममा यति ठूलो संख्यामा बालबालिका मारिएको उल्लेख छ ।

द्वन्द्वको चपेटामा परेर अरू कैयौँ बालबालिका भोकमरीमा पर्नुका साथै विस्थापितसमेत भएको प्रतिवेदनमा जनाइएको छ ।

“अहिले चलिरहेको द्वन्द्वका कारण यमनका बालबालिकामा परेको असरले मुलुकलाई नै नराम्रो अवस्थातर्फ धकेलेको छ,” राष्ट्रसंघअन्तर्गतको बालबालिकासम्बन्धी निकायका कार्यकारी निर्देशक हेनरिट फोरले भन्नुभयो । द्वन्द्वग्रस्त मुलुकको स्थलगत अवलोकन गरी उहाँ हालै मात्र जेनेभा फर्किनुभएको हो ।

साउदी अरब नेतृत्वको गठबन्धन सेनाले कारबाही गर्दा भएका लडाइँमा परी यमनमा तीन वर्षमा झण्डै दश हजार जना मारिएका छन् । यमनमा सन् २०१५ देखि यो द्वन्द्व शुरु भएको हो ।

द्वन्द्वका क्रममा ३४ हजार बालबालिका घाइते भएको पनि राष्ट्रसंघीय निकाय युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

“यो त हामीले पहिचान गर्न र भेट्टाउन सकिएको तथ्यांक मात्रै हो, मृत्यु हुने, घाइते हुने र पीडित हुने बालबालिकाको वास्तविक संख्या योभन्दा पनि बढी हुन सक्छ,” युनिसेफका कार्यकारी निर्देशकले भन्नुभयो ।

यति धेरै मान्छे मारिएको, घाइते भएको र प्रभावित भएको द्वन्द्वको अहिलेसम्म कुनै औचित्य नदेखिएको पनि उहाँले बताउनुभयो ।

द्वन्द्वका कारण धेरै बालबालिका विद्यालय जान नसकेको विषयमा पनि उहाँले सरोकारवालाहरूको ध्यानाकर्षण गराउन चाहेको पत्रकारहरूलाई जानकारी दिनुभयो ।

बालबालिका भोकमरीसँगै झाडापखालाजस्ता विभिन्न रोगको प्रकोपमा परेर दयनीय अवस्थामा रहेको पनि युनिसेफले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेको अपानि–ओलीद्वारा एकताको अपरिहार्यतामा जोड, ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)

एमालेको अपानि २ जारी– पदाधिकारी बाहेकका नेतालाई पालिका केन्द्रीत जिम्मेवारी

सम्बन्धित

दक्षिणी लेबननमा भीषण हमला गर्दै इजरायल

इरान र सदाबहार युद्धको पासो: दलदलबाट बच्ने प्रयासमा अमेरिका एक मृत मोडमा

जेफ बेजोसको अर्बौं डलर: चोरी कि सिर्जना?

कङ्गोमा इबोलाको प्रकोपः सुरक्षित अन्त्येष्टि र जनविश्वासको चुनौती

हिजबुल्लाहलाई ‘धराशायी’ बनाउन लेबनानमा आक्रमण तिब्र पार्ने इजरायली प्रधानमन्त्रीको घोषणा

चन्द्रमामा स्थायी मानव उपस्थितिका लागि नासाद्वारा ‘मून बेस’ योजना सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group