ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नेइमारको नाटक फुटबलका लागि राम्रो होइन’


एबीसी न्यूज
असार १९, २०७५ मंगलबार   ९ : ०५   बजे

unn.prixa.net

काठमाडौँ, १९ असार ।  ब्राजिलियन सुपरस्टार नेइमारको नाटक फुटबलका लागि राम्रो उदाहरण नभएको मेक्सिकोका प्रशिक्षक जुवान कार्लोस ओसोरियोले प्रतिक्रिया जनाएका छन् ।

नकआउट चरणमा ब्राजिलसँग २–० ले हारेपछि मेक्सिकन प्रशिक्षक ओसोरियाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

क्वार्टरफाइनलको यात्रा गर्न मेक्सिकोलाई पन्छाउने क्रममा नेइमारले एक गोल गरे भने अर्को गोलमा महत्वपूर्ण भूमिका खेले । तर यो विश्वकपमा विश्वकै सर्वाधिक महंगा खेलाडी आलोचनाबाट मुक्त भने हुन सकेका छैनन् । उनीमाथि पटक–पटक डाइभिङ गरेको आरोप लाग्दै आएको छ । ‘यो फुटबलकै लागि लाजमर्दो कुरा हो । हामीले एक जना खेलाडीका लागि धेरै समय खेर फाल्यौँ’, ओसोरियोले भने ।

खेलको दोस्रो हाफमा जब मेक्सिकन खेलाडी मिगेल लायुनले बल समात्न खोज्दा नेइमारले अनावश्यक रुपमा प्रतिक्रिया जनाएको आरोप लागेको छ । नेइमारको दुई खुट्टाको बीचबाट लायुनले बल झिक्दै गर्दा नेइमार असह्य पीडा भएर छटपटिएको जस्तो आफूलाई देखाएका थिए ।

ओसोरियोले नेइमारको ‘अभिनय’ ले गर्दा मेक्सिको गेममा फर्किन नसकेको आरोप लगाएका छन् । मेक्सिको र ब्राजिलबीचको खेल खेलाएका रेफ्री जियानलुका रोच्चीले ब्राजिलको पक्षमा निर्णय गरेको पनि उनले आरोप लगाएका छन् ।

‘यो खेल हेरिरहेका सबैलाई नै लज्जित बनाउने कार्य हो, सबै बालबालिकाले पनि हेरिरहेका थिए । खेलमा अभिनय हुनु हुँदैन । यसले हाम्रो पूरै गति र शैलीमा नै असर पुर्‍यायाे।’ ओसोरियोले रेफ्रीले ब्राजिलको पक्षमा खेल खेलाएको आरोपसमेत लगाए ।

नेइमारले भने आफूलाई असह्य पीडा भएको बताउँदै भने, ‘उनीहरुले मलाई कुल्चिए, त्यो फेयर होइन । तपाईँले त्यस्तो गर्नुहुँदैन’, टीभी ग्लोबोसँग कुरा गर्दै नेइमारले भने, ‘उनीहरुले धेरै कुुरा गरे तर तिनीहरु घर फर्कँदैछन् ।’

‘मैले आलोचना र प्रशंसामा धेरै मतलब राख्दिन किनभने यसले तपाईँको प्रवृत्तिलाई असर पुर्याउन सक्छ । यो मलाई अरु चिजमा भन्दा पनि कमजोर बनाउने प्रयास गरिएको हो ।’

ब्राजिलियन प्रशिक्षक टिटेले भने  पीएसजी स्ट्राइकरको बचाउ गर्दै मेक्सिकन खेलाडीले नेइमारको खुट्टा कुल्चिएको दावी गरेका छन् ।

सामाजिक सञ्जालमा नेइमारको मजाक उडाउनेको संख्या बढ्दो छ । कतिपयले बेबी वाकरमा फुटबल मैदानमा खेल्दै गरेको तस्बिर राखेर मजाक उडाएका छन् । त्यस्तै कतिपयले नेइमारको अभिनय उत्कृष्ट भएको भन्दै उनी ओस्कार तथा गोल्डेन ग्लोबको हकदार भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group