ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कालिमाटी बजार नै हटाइदिने मन्त्री खनालको चेतावनी


एबीसी न्यूज
असार १९, २०७५ मंगलबार   ६ : २८   बजे


काठमाडौं, १९ असार । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले भदौसम्म पनि कुनै सुधार नगरे कालिमाटी बजार नै हटाइदिने चेतावनी दिएका छन्।

आफू स्थलगत अनुगमनमा जाँदा कालिमाटी बजारमा रहेका ९९ वटा स्टलहरू सुधार गर्न जरुरी रहेको पाइएको बताउँदै उनले आफूले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पारेका छन्।

मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले भने,‘भदौसम्म पनि कुनै सुधार भएन भने हामी आवश्यक परे कालिमाटी बजार नै बन्द गराउन बाध्य हुन्छौं, सुधारको लागि हदैसम्मको समय दिइएको छ, त्यति गर्दा पनि कुनै सुधार भएन भने बजार हटाइन्छ।’

उनले कालिमाटी फलफूल तथा तरकारी बजारस्थलमा रहेका स्टलहरू समितिले निर्धारण गरेको मूल्यभन्दा दशौं गुणा बढी लिइएको भेटिएकोले आफूले स्थलगत अनुगमन गरेर निर्देशन दिएको सुनाए।

उनले भने,‘समितिसँग दश हजारमा स्टलहरू लिएर ति व्यक्तिहरूले उक्त स्टलहरू आफूले नचलाइकन दशौं गुणा बढी पैसा लिएर अरुलाई चलाउन दिइएको भेटियो, दश हजार पर्ने स्टल एक लाख दश हजारसम्म लिएको भेटियो, यो हदैसम्मको लापरवाही हो, समितिसँग जसले स्टल लिएको हो, उसैले सञ्चालन गर्नुपर्छ, यसको लागि मैले कडाभन्दा कडा निर्देशन दिएको छु।’

कतिपय स्टलहरूमा उपभोग नै गर्न नमिल्ने कुहिएका र सडेगलेका माछामासु लगायतका वस्तुहरू समेत राखिएको उनको गुनासो छ।

मन्त्री खनालले किसानहरूले आफूले उत्पादन गरेका वस्तुहरू सिधै उपभोक्ताहरूसमक्ष पुर्याउने वातावरण बनाउने पनि विश्वास दिलाए। उनले भने,‘अहिले त धेरै लेयरहरु देखिएका छन्, ती सबै तोड्न जरुरी छ, ताजा वस्तु, सही समयमा त्यो पनि उचित मूल्यमा उपभोक्ताहरुले पाउने वातावरण बनाउँछु।’

खनालले दूध र पानीमा कोलिफर्म र सोडा भेटिएको उल्लेख गर्दै भने,‘काठमाडौंमा हामीले विभिन्न ४२ वटा दूधका नमूना संकलन गरेर परीक्षण गर्दा झण्डै ४० वटा नमूनामा कुनै न कुनै मात्रामा सोडा पाइएको छ, तर धेरैजस्तो दूधमा दूध नफाटोस् भनेरमात्रै सोडा प्रयोग गरेको पाइयो, अब त्यसो पनि गर्नुभएन, उपभोक्ताले स्वच्छ दूध पिउन पाउनुपर्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group