ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ सय ७५ भारतीय तिर्थयात्री हुम्लामा अलपत्र, २ को मृत्यु


एबीसी न्यूज
असार १९, २०७५ मंगलबार   १ : १३   बजे

काठमाडौं, १९ असार । १५ सय ७५ जना भारतीय तिर्थयात्री नेपालका विभिन्न ठाउँमा अलपत्र परेको भन्दै भारत सरकारले उद्दारका लागि नेपाल सँग आग्रह गरेको छ ।

भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नेपाली दूतावासमार्फत यस्तो आग्रह गरेकी हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा अलपत्रको विवरण राखेर हटलाइन नम्बर पनि सार्वजनिक गरेकी छन् ।

बाढीपहिरोको जोखिममा हुम्लाको सीमीकोटमा ५२५, हिल्सामा ५५० र तिब्बततिर ५०० तीर्थ यात्री अलपत्र परेको स्वराजले उल्लेख गरेकी छन् ।

अलपत्र परेका तीर्थयात्रीका लागि आवश्यक खानेकुरा तथा औषधीलगायतका सामाग्रीको व्यवस्था गरी सिमिकोटमा स्वास्थ्य जाँचको व्यवस्थामा प्रभावकारीत देखाउने उनले नेपालस्थित भारतीय दूतावासलाई निर्देशन दिएकी छन् ।

तामिल, तलेगु, कनाडा, मलयालम भाषामा हटलाइनको समेत व्यवस्था गरिएको जानकारीसहित स्वराजले नेपाली नम्बर समेत सार्वजनिक गरेकी छन् ।

नेपालगञ्जबाट जुम्ला, हुम्ला, डोल्पा र मुगुमा दैनिक उडान हुने गरेका छन् । हुम्लाका लागि उडान नहँुदा ५०० भन्दा बढी भारतीय तीर्थयात्री यहाँका विभिन्न होटलमा अलपत्र परेका छन् ।

यसैबीच कैलाश मानसरोवर दर्शन गर्न गएका २ जना भारतीय नागरिकको मृत्यु भएको छ ।
केरला निवासी ५६ वर्षीय नारायणम लिलाको हुम्ला सिमकोटस्थित एक होटलमा र आन्ध्र प्रदेशकी सत्यलक्ष्मीको तिब्बतको ताक्लाकोटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

लिलाको मानसरोवरबाट फर्केर आउँदा सोमबार अकस्मात होटलमा र सत्यलक्ष्मीको आइतबार ताक्लाकोटमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठले जानकारी दिए ।

यो वर्षमात्रै मानसरोवर आएका ८ जना भारतीयको मृत्यु भईसकेको प्रहरीले जनाएको छ । उनीहरुको लेक लागेर मृत्यु हुने गरेको बुझिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group