ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुईवटै मिर्गौलामा समस्या हुँदा सहयोगको आग्रह


bhawani desk
असार १९, २०७५ मंगलबार  १० : २० बजे

काठमाडौं, १९ असार । भूकम्पपीडित रमिता कार्कीका दुईवटै मिर्गाैला फेल भएर लामो समयदेखि अस्पतालमा उपचारका क्रममा रहेपछि आश्रित परिवारले सहयोगको आग्रह गरेका छन् ।

दोलखाको भीमेश्वर नगरपालिका–८ जिलु स्थायी बसोबास गर्दै आउनुभएकी कार्की विगत सात महिनादेखि काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचार गराइरहनुभएको छ ।

विसं २०७२ मा पटकपटक गएको भूकम्पबाट दोलखाकै सिंगटीलाई केन्द्र बनाएर गएको भूकम्पले उहाँको घर पूरै ध्वस्त बनाएको थियो ।

छोरा रवि कार्कीले आमालाई सञ्चो नभएपछि अस्पताल ल्याउँदा चिकित्सकले दुवै मिर्गाैलाले काम गर्न नसक्ने बताएपछि परिवारमा समस्या आएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूकम्पबाट विस्तारै तग्रिँदै थियौँ, आमा बिरामी भएपछि उपचारमा सबै ऋण सकियो, अब केही बाँकी छैन । आर्थिक अभावकै कारण आमाको ज्यान जाने भयो, सहयोगको लागि सबैसँग अपेक्षा गरेका छौँ ।”

प्रत्येक हप्ता एक पटक डायलाइसिस गर्दा रमिताको स्वास्थ्यमा केही सुधार भएको छ । चिकित्सकका अनुसार अझै धेरै समय डायलाइसिस गर्नुपर्छ तर आर्थिक अभावका कारण उपचार नै रोकिएकाले सहयोगका लागि सबैसँग छोरी सुस्मिताले आग्रह गर्नुभयो ।

पति बालकृष्णले मजदूरी गरेर घर खर्च चलाउनुका साथै छोराछोरीलाई पढाउँदै आउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

आज देशका यी भेगमा वर्षा र हिमपातको सम्भावना

सम्बन्धित

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

निर्वाचित भए पनि सांसद बन्ने कानुनी आधार छैनः लामिछानेलाई घिमिरेको प्रश्न— कुन नैतिकताले मत माग्दै हुनुहुन्छ?

मानव अधिकार संरक्षणमा नेपाल सरकार प्रतिबद्ध : प्रधानमन्त्री

भर्जिनियामा परिवारका सदस्यमाथि खुँडा प्रहार गर्ने नेपालीलाई गोली हानी मारियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com